लुम्बिनी सरकारले आज वार्षिक नीति तथा कार्यक्रम ल्याउँदै

लुम्बिनी सरकारले आज वार्षिक नीति तथा कार्यक्रम ल्याउँदै

काठमाडौँ । लुम्बिनी प्रदेश सरकार ले आज आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गर्दैछ। प्रदेश सभाको दिउँसो १ बजे बस्ने आठौँ अधिवेशनअन्तर्गत छैटौँ बैठकमा प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगर ले प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी रहेको छ।

प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा विकास, सुशासन, उत्पादन वृद्धि, रोजगारी सिर्जना, कृषि, पर्यटन तथा पूर्वाधार विकासलाई प्राथमिकतामा राख्ने तयारी गरेको जनाएको छ।