लुम्बिनी प्रदेशसभाको बैठक आज बस्दै, विनियोजन विधेयकमाथि मन्त्री कार्कीको जवाफ आउने

लुम्बिनी प्रदेशसभाको बैठक आज बस्दै, विनियोजन विधेयकमाथि मन्त्री कार्कीको जवाफ आउने

रूपन्देही । लुम्बिनी प्रदेशसभा को आठौँ अधिवेशनअन्तर्गत पाँचौँ बैठक आज दिउँसो १ बजे बस्ने भएको छ। प्रदेश सभा सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार बैठकमा समसामयिक विषयमा विशेष समय राखिएको छ। उक्त समयमा प्रदेशसभा सदस्यहरूले विभिन्न समसामयिक विषयमा आफ्ना धारणा राख्नेछन्।

त्यसपछि आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्की ले विनियोजन विधेयक, २०८३ का सिद्धान्त र प्राथमिकतामाथिको छलफलका क्रममा प्रदेशसभा सदस्यहरूले उठाएका प्रश्नहरूको जवाफ दिने कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जनाएको छ।