

काठमाडौँ । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादव ले प्रदेश सभामा विश्वासको मत प्राप्त गरेका छन्। प्रदेश सभामा भएको मतदानमा उनको पक्षमा ६२ मत र विपक्षमा ३६ मत परेको हो।
यसअघि जनमत पार्टीले गत वैशाख २१ गते सरकारबाट समर्थन फिर्ता लिएपछि उनले विश्वासको मत लिनुपर्ने अवस्था आएको थियो। यसअघि जेठ १ गते विश्वासको मत लिने तयारी भए पनि आफ्नै दलभित्रको असन्तुष्टि र फ्लोर क्रस हुने आशंकाका कारण अन्तिम समयमा प्रक्रिया रोकिएको थियो।