काठमाडौँ । विपक्षी दलहरूको नाराबाजीबीच प्रतिनिधिसभामा ‘प्रतिनिधिसभा निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको घोषणा गरिएको छ।
प्रतिनिधिसभा बैठकमा विपक्षी सांसदहरूले वेल घेरेर नाराबाजी गरिरहेका बेला सभामुख डोलप्रसाद अर्याल ले उक्त प्रस्ताव बहुमतले स्वीकृत भएको घोषणा गरेका हुन् । विधेयकमाथिको छलफलमा कुनै पनि सांसद सहभागी भएनन्।
उक्त विधेयक प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले सभामा प्रस्तुत गरेकी थिइन्।
तर विपक्षी दलहरूले प्रधानमन्त्री स्वयं संसद्मा उपस्थित भएर विधेयक प्रस्तुत गर्नुपर्ने अडान राख्दै विरोध जारी राखेका छन्।