

काठमाडौँ । शेयर बजारमा लगातार तेस्रो दिन पनि गिरावट आएको छ । मंगलबार ३९ अंक र बुधबार ४ अंक घटेको बजार बिहीबार थप १० अंकले घटेको हो । आजको कारोबारपछि नेप्से २७३० अंकमा कायम भएको छ ।
अघिल्लो दिनको तुलनामा कारोबार रकम भने बढेको छ । बुधबार २ अर्ब ८० करोड रुपैयाँ बराबरको कारोबार भएकोमा बिहीबार ३ अर्ब २९ करोड रुपैयाँको कारोबार भएको छ ।आज ८० कम्पनीको शेयर मूल्य बढेको छ भने १७४ कम्पनीको मूल्य घटेको छ । १४ कम्पनीको मूल्य स्थिर रहेको छ । समूहगत परिसूचकतर्फ व्यापार समूह ०.३२ प्रतिशत र जीवन बीमा समूह ०.०१ प्रतिशतले बढेका छन् । अन्य समूह सबैभन्दा धेरै २ प्रतिशतले घटेको छ ।
त्यस्तै बैंकिङ ०.०६, विकास बैंक ०.५३, फाइनान्स ०.७२, होटल तथा पर्यटन ०.३०, जलविद्युत् ०.२५, लगानी ०.२६, उत्पादन तथा प्रशोधन ०.५२, लघुवित्त ०.२१ तथा निर्जीवन बीमा समूह ०.५१ प्रतिशतले घटेका छन् ।
आज युनियन हाइड्रोपावर को शेयर मूल्य सबैभन्दा धेरै ९.७९ प्रतिशतले बढेको छ । त्यसपछि क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स को ९.२२ प्रतिशत तथा सामुदायिक लघुवित्त को २.५० प्रतिशतले मूल्य वृद्धि भएको छ ।
यता एसियन हाइड्रोपावर को शेयर मूल्य सबैभन्दा धेरै ९.८९ प्रतिशतले घटेको छ । त्यस्तै हिमालयन रिइन्स्योरेन्स को ७.१२ प्रतिशत, नारायणी डेभलपमेन्ट बैंक को ५.९१ प्रतिशत, रिजलाइन इनर्जी को ४.७४ प्रतिशत तथा भुजुङ हाइड्रोपावर को ४.३४ प्रतिशतले मूल्य घटेको छ ।
आज सबैभन्दा बढी कारोबार हुने कम्पनीमा हिमालयन रिइन्स्योरेन्स, साहस ऊर्जा, एसवाई प्यानल, युनियन हाइड्रोपावर र माउन्टेन इनर्जी नेपाल अग्रस्थानमा रहेका छन् ।