

काठमाडौं । गायिका वर्षा इटनीले फिल्म क्षेत्रमा डेब्यु गर्ने भएकी छन्। उनले विराज भट्ट निर्देशित फिल्म १२ गाउँ–२ साइन गरेकी हुन्। निर्देशक विराज भट्टले सामाजिक सञ्जालमार्फत वर्षा फिल्ममा अनुबन्धित भएको जानकारी दिएका छन्। उनले वर्षालाई नवनायिकाको रूपमा स्वागत गर्दै नेपाली सिनेमाको सफलताको कामना गरेका छन्।
वर्षा इटनी ‘द भ्वाइस अफ नेपाल’ सिजन ४ की टप–१२ प्रतिस्पर्धी हुन्। यसअघि नै फिल्ममा कृशु शाही ‘काफिया’को डेब्यु पक्का भइसकेको छ। साथै फिल्ममा समीर भट्ट र अनुप विक्रम शाहीको पनि मुख्य भूमिका रहनेछ।