

काठमाडौं । प्रख्यात भारतीय गायिका आशा भोसले को निधन भएको छ। बीबीसी मराठी सँग ब्रिच क्यान्डी अस्पताल का चिकित्सकहरूले उनको निधन भएको पुष्टि गरेका छन्। शनिबार हृदयाघात भएपछि उनलाई अस्पतालमा भर्ना गरिएको थियो। उपचारकै क्रममा उनको निधन भएको जनाइएको छ।
आशा भोसले भारतीय संगीत उद्योगकी एक अत्यन्त प्रभावशाली र चर्चित पार्श्व गायिका थिइन्। उनले आफ्नो लामो सांगीतिक यात्रामा हजारौँ गीतमा स्वर दिएकी थिइन्। १२ सयभन्दा बढी गीत गाएकी उनले नेपाली गीतहरूमा समेत आफ्नो आवाज दिएकी थिइन्, जसका कारण उनी नेपाली स्रोता माझ पनि अत्यन्त लोकप्रिय थिइन्।