

काठमाडौं । कर्णाली प्रदेशको मुगुबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका खड्ग शाही विजयी भएका छन्।
निर्वाचन आयोगका अनुसार शाहीले ७ हजार ९१४ मत प्राप्त गर्दै नेकपा एमालेका उम्मेदवार पूर्णबहादुर रोकायालाई पराजित गरेका हुन्। रोकायाले ६ हजार ७१८ मत प्राप्त गरेका छन्।
नेपाली कम्युनिस्ट पार्टीका चन्द्रबहादुर शाहीले ५ हजार ५५८ मत प्राप्त गरेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का भुवन टमटाले ५३० मत ल्याएका छन्।
त्यसैगरी नेकपा माओवादीका रंगवीर परियारले २८०, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का बलबहादुर मल्लले २०३ तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका ऐटनकुमार मल्लले २२ मत प्राप्त गरेका छन्।