रामकुमारी झाँक्री लुम्बिनीबाट राष्ट्रिय सभा सदस्य निर्वाचित

रामकुमारी झाँक्री लुम्बिनीबाट राष्ट्रिय सभा सदस्य निर्वाचित

दाङ । लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा महिला उम्मेदवार रामकुमार झाँक्री निर्वाचित भएकी छिन्। उनले कुल ६३०३ मतभार प्राप्त गरी विजयी बनिन्।

नेकपा एमालेकी झाँक्री महिला समूहबाट उम्मेदवार बनेकी हुन्। उनका प्रतिद्वन्द्वी, नेकपा कम्युनिस्ट पार्टीकी दुर्गा कुमारी भण्डारीले मात्र १३६२ मतभार प्राप्त गरिन्।

त्यस्तै, राष्ट्रिय जनमोर्चाबाट पद्मा पण्डितले पनि महिला समूहमा चुनावी मैदानमा होमिएकी थिइन्। मतदानमा प्रदेशसभा तर्फ ८३ मत प्रयोग भएको थियो, जसमा महिला ३० र पुरुष ४८ मत खसेको थियो। स्थानीय तहमा २१७ मतदाता थिए, जसमा ९ मतदाता अनुपस्थित थिए।