इन्डियन आइडल–३ का विजेता प्रशान्त तामाङको निधन

इन्डियन आइडल–३ का विजेता प्रशान्त तामाङको निधन

काठमाडौं । नेपाली मूलका चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको असामयिक निधन भएको छ । ४२ वर्षको उमेरमा आज दिल्लीमा उनको निधन भएको संगीतकार राजेश घतानीले जानकारी दिएका छन् ।

घतानीका अनुसार तामाङको निधन कार्डियाक अरेस्टका कारण भएको हो । उनी भारतीय टेलिभिजन रियालिटी शो इन्डियन आइडल को तेस्रो संस्करणका विजेता हुन् । गायनमार्फत व्यापक लोकप्रियता कमाएका तामाङले केही नेपाली चलचित्रमा अभिनयसमेत गरेका थिए ।

परिवारिक रूपमा उनी श्रीमती र एक छोरीका पिता हुन् । पछिल्लो समय उनी बलिउड अभिनेता सलमान खानको एक चलचित्रमा भिलेनको भूमिकामा अभिनय गरिरहेका थिए ।

उनको असामयिक निधनले नेपाली तथा भारतीय संगीत–फिल्म क्षेत्र शोकमा डुबेको छ ।