नेपाली समाज टेक्सासको नवनिर्वाचित कार्यसमितिको शपथ तथा पद हस्तान्तरण समारोह १७ जनवरी हुने

नेपाली समाज टेक्सासको नवनिर्वाचित कार्यसमितिको शपथ तथा पद हस्तान्तरण समारोह १७ जनवरी हुने

टेक्सास, अमेरिका । नेपाली समाज टेक्सास (NST) निर्वाचन समिति २०२५ ले नवनिर्वाचित कार्यसमिति (२०२६–२०२७) को शपथ तथा पद हस्तान्तरण समारोह आयोजना गर्न लागेको छ। निर्वाचन समितिले सार्वजनिक सूचनामार्फत उक्त कार्यक्रम शनिबार, जनवरी १७, २०२६ मा दिउँसो २:०० बजे (CST) 1212 Royal Parkway, Euless, TX 76040 मा सम्पन्न हुने जानकारी दिएको छ।

सो अवसरमा NST का सदस्यहरू, पूर्व तथा नवनिर्वाचित कार्यसमिति सदस्यहरू, नेपाली समुदायका विभिन्न संघ–संस्थाका प्रतिनिधिहरू, पत्रकार, सामाजिक अगुवा तथा निर्वाचन सफल बनाउन सहयोग गर्ने स्वयंसेवकहरूलाई उपस्थितिका लागि आमन्त्रण गरिएको छ।

निर्वाचन समितिका अनुसार, यस समारोहले निर्वाचन प्रक्रिया औपचारिक रूपमा सम्पन्न भई नवनिर्वाचित कार्यसमितिलाई जिम्मेवारी हस्तान्तरण हुने महत्वपूर्ण क्षणलाई जनाउनेछ। साथै, निर्वाचन प्रक्रियामा सहयोग पुर्‍याउने सबै व्यक्ति र संस्थाप्रति निर्वाचन समितिले आभार व्यक्त गरेको छ।

उक्त सूचना निर्वाचन समिति २०२५ का प्रमुख आयुक्त महेश के. नेपालसहित आयुक्तहरू बसु डी. भण्डारी, विजय आर. भट्टराई (सदस्य सचिव), दिनेश शर्मा र बेद आर. बस्नेतद्वारा जारी गरिएको हो।