बहुविवाह मुद्दामा डीएसपी मधु नेपाल पक्राउ, ३ दिनको म्याद थप

बहुविवाह मुद्दामा डीएसपी मधु नेपाल पक्राउ, ३ दिनको म्याद थप

बुटवल । बुटवलमा बहुविवाह मुद्दामा जिल्ला प्रहरी कार्यालय रुपन्देहीले प्रहरी नायव उपरीक्षक (डीएसपी) मधु नेपाललाई पक्राउ गरेको छ। नवलपरासी पूर्वमा कार्यरत नेपाललाई उनकी पहिलो श्रीमतीको उजुरीका आधारमा अदालतबाट पक्राउ पुर्जी लिई नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रमुख एसपी प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए।

एसपी क्षेत्रीका अनुसार बहुविवाह मुद्दा दर्ता भएपछि नेपाल आफैँ हिजो साँझ प्रहरी कार्यालय पुगेका थिए। उनलाई नियन्त्रणमा लिएर अदालतबाट ३ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान अघि बढाइएको छ। मुद्दासम्बन्धी थप प्रमाण संकलन भइरहेको र नेपालकी दोस्रो श्रीमतीको खोजी जारी रहेको प्रहरीले जनाएको छ।

डीएसपी नेपाल यसअघि बुटवलको वडा प्रहरी कार्यालयमा इन्चार्जका रूपमा कार्यरत रहँदा गाँजा कारोबारसँग जोडिएको आर्थिक लेनदेनमा संलग्न भेटिएकाले विभागीय कारबाहीमा परेका थिए।