

काठमाडौं । मधेश प्रदेशसभामा आज सभामुखविरुद्ध पेश गरिएको अविश्वास प्रस्तावबारे छलफल हुँदैछ। तर प्रदेशसभामा कुनै पनि प्रतिनिधि उपस्थित नभएको भन्दै नेकपा एमालेका सदस्यहरूले नियम उल्लंघन भएको भन्दै जनाए।
यसपछि सत्तापक्षका प्रतिनिधिहरूलाई बैठकमा उपस्थित गराउन उपसभामुखले बैठकलाई १० मिनेटका लागि स्थगित गर्ने निर्णय गरे। वर्तमान अवस्थामा सत्तापक्षबाट नेकपा एमालेकी सदस्य शारदा थापा मात्रै उपस्थित रहेकी छन्।