

–रमेश लम्साल
काठमाडौँ ३ चैत । पाल्पाबाट काठमाडौं छिरेको एक गाउँले केटोेले नेपालको गभर्नर बन्छु र नोटमा हस्ताक्षर गर्छु भन्ने सपना देखेको थिएन । तर समयले बनाइदियो । “जिन्दगीमा जहाँ जहाँ काम गरेँ, एउटा मानक नै स्थापित गरेँ भन्ने लाग्छ । नेपालको बैंक तथा वित्तीय संस्थालाई सबल बनाउन लागेँ । आज मेरो विरोध गर्नेहरु भोलि त्यतिबेला राम्रो भएछ भन्ने अवस्थामा पक्का पुग्नेछन् ” रासससँग कुराकानीको क्रममा धेरैजसो भावुक हुदै डा.चिरञ्जीवी नेपालले भन्नुभयो । उहाँ नेपाल राष्ट्र बैंकको गभर्नरका रुपमा आजैबाट अवकास हुदै हुनुहुनथ्यो । त्यसैले पनि अघिपछिको तुलनामा आजको भावुकता बढी नै देखिएको थियो ।
उहाँले भन्नुभयो “गभर्नर बन्छु र नोटमा हस्ताक्षर गर्न पाउँछु भन्ने त लागेकै थिएन ।” आज नेपालको बजारमा उहाँले नै हस्ताक्षर गरेका रु पाँच खर्ब बराबरको नोट चलनचल्तीमा छन् । नोटमा हस्ताक्षर गर्दाको अनुभव कस्तो रह््यो भन्नेदेखि पाँच वर्षको अवधिमा भए गरेका कामको बारेमा उहाँले हामीसँग लामो कुराकानी गर्नुभयो । “जीवनमा प्राप्त भएको सफलताका पछाडि ठूलो मेहनत र लगनले नै काम ग¥यो । गभर्नरको रुपमा रहँदा अनेकन दबाव आए, अनेकन् लाञ्छना पनि लागे, नकारात्मक प्रवृत्तिसँग पनि जुध्नुप¥यो” डा नेपालले भन्नुभयो ।
नागरिकको निक्षेप सुरक्षित गर्ने सवालमा होस वा वित्तीय सुशासन कायम गर्ने विषयमा नै डा.नेपाल आफू सतीसाल जस्तै अडिग रहेको बताउनुहुन्छ । मैले लोभ गरिन, कानूनले दिएको सबै अधिकार प्रयोग गरेँ, आफूलाई केहीले निरंकुश भनेपनि आफैले हस्ताक्षर गरेर जनतामा पठाएको विश्वासरुपी नोटको रक्षा गर्नुपर्ने दायित्व सम्झेर काम गरेको फेहरिस्त सुनाउनुभयो उहाँले ।
केन्द्रीय बैंकको प्रमुखको जिम्मेवारी सम्हालेको एक वर्षपछि डा नेपालले नेपाली ढाँचामा डिजाइन गरिएको रु १०० को नोटमा हस्ताक्षर गर्नुभएको थियो । त्यसमा चितवनको चार कोशे झाडीमा आमासँग बसेको गैंडाको केटोको फोटो थियो । नेपाली डिजाइन भन्न रुचाउनुहुन्छ डा नेपाल त्यो नोटलाई ।
एकाध पटकको प्रयासपछि टेबलमा रहेको कालो रंगको पाइलट पेनले हस्ताक्षर गरेको आजै जस्तो लाग्छ रे नेपाललाई । जहाँ पायो त्यहीँ हस्ताक्षर गर्ने हो र ? भने जस्तो पनि लाग्यो । दुई पटकको प्रयासमा नोटमा राखिने हस्ताक्षर गरियो, उहाँले ती दिन स्मरण गर्दै भन्नुभयो ।
गभर्नर भएर गए पनि मलाई त्यतिधेरै जिम्मेवारी महसुस त भएको थिएन, तर जुन दिन मैले नोटमा हस्ताक्षर गरेँ, त्यो दिनदेखि भने मनमा एक प्रकारको गौरव र जिम्मेवारीको महसुस भयो, नेपालले भन्नुभयो “भित्र भित्रै जिम्मेवारी पनि बढेको महसुस भयो ।” यसले उहाँलाई आफूले नागरिकको विश्वासमाथि हस्ताक्षर गरेजस्तो लागेको अनुभव भयो रे ।
“बिग्रिहाल्छ कि भनेर हेरेँ, दुई तीन पटक गरेँ । अन्त्यमा लौ यही हुन्छ भनेर नमूना हस्ताक्षर गरेँ । दुई तीन वटामा लेख्ने खालको हेरेर, दुई तीन ठाँउमा गरेर हेरेँ” उहाँले आफ्नो अनुभव स्मरण गर्दै भन्नुभयो “विश्वास एउटा के हुँदो रहेछ भने, यो कागज मेरो हस्ताक्षर भएपछि नागरिकको हातमा नोटको रुपमा जान्छ ।”
आफूलाई मन पराउने, मन नपराउने, गाली गर्ने माया गर्ने सबैले यो नोट फलानोले हस्ताक्षर गरेको रहेछ, बोक्दिन त भन्दैन नी । “मलाई गाली गर्ने, मन नपराउने, माया गर्ने सबैले लिएर हिड्छ नै । मेरो नामको पैसा चलाउँदिन भन्न सक्दैन, पैसालाई ढोग्दै, खल्तीमा राखेर, जोगाएर राखेको हुन्छ नी होइन र ? यसो भनीरहदा केही भावुक देखिनुभयो नेपाल ।
नागरिकप्रति एकदमै जिम्मेवार भएँ । कुनै पनि गलत काम गर्नु हुँदैन भन्ने आत्मविश्वास बढेर आयो । राणा शासनको अन्त्यपछि हजुरवाले पाल्पामा विद्यालय खोलेको, पिताजी नेपाल प्रहरीको जागिरे त्यसमा पनि नाम राखेको भएकाले पनि आफूलाई पनि नेपालमा नाम राख्ने काम गराँै भन्ने सोच सानैदेखि मनमा थियो ।
सुरक्षाकर्मीको सन्तान भएकाले १० कक्षासम्म पढदा पाँच सात वटा विद्यालय चाहारेको, नागरिकको दुःख देखेको हुनाले पनि ती नागरिकको विश्वास र उनीहरुले दुःख गरेर बैंक तथा वित्तीय संस्थामा जम्मा पारेको निक्षपको सुरक्षामा आफ्नो कार्यकाल भरी नै सधैँ ध्यान दिएको बताउनुहुन्छ नेपाल ।
आफ्नो जीवनमा कतिको सफल भए भन्ने ठान्नुहुन्छ ? कुनै निमेष नै खर्च नगरी उत्साहित हुँदै उहाँले जवाफ दिनुभयो “म आफूलाई सफल नै ठान्छु ।”
नेपाल राष्ट्र बैंकको जिम्मेवारी सम्हाल्न भएको एक महिना पुग्दा नपुग्दै गोरखा भूकम्पले नेपालको मुटु नराम्ररी हल्लाइदिएको थियो । आफैले कार्यसम्पादन गर्ने बालुवाटारको भवन ध्वस्त भएको थियो । थापाथलीको भवनको हालत पनि उस्तै थियो । को धनी, को गरिब सबै सडकमा थिए । धेरैको आश खोसिएको थियो । कति घरबार बिहिन भएका थिए । केन्द्रीय बैंकको काम कारवाहीको राम्ररी जानकारी नै नपाइसक्दा नेपाललाई पनि अरुहरुलाई जस्तै भूकम्पले हल्लाइदिएको थियो ।
भूकम्प गयो, नाकाबन्दी भयो । पूरानो संविधान अनुसार उहाँको नियुक्ति भएको थियो । नयाँ संविधान आयो । के गर्ने, के नगर्ने भन्ने दुविधा थियो । भूकम्पबाट त्राही त्राही भएका नागरिकलाई सरकारले कुनै राहतको प्याकेज घोषणा गर्न सकेको थिएन । तर, डा.नेपालको नेतृत्वमा एउटा दीर्घकालीन राहत प्याकेज घोषण गरियो । नेपाल राष्ट्र बैंकले शुन्य प्रतिशत व्याजमा बैंक तथा वित्तीय संस्थालाई रकम उपलब्ध गराउने र दुई प्रतिशत व्याज लिएरु रु १५ लाख र २५ लाख ऋण दिएर घर बनाउने ।
सो घोषणा आम नागरिकका लागि मरुभूमिमा पानी पाए जस्तै भएको थियो । जनताप्रतिको दायित्व सम्झेर घोषणा गरिएको सो प्याकेजलाई लिएर केहीले आलोचना पनि गरे । सरकार भन्दा ठूलो राष्ट्र बैंक हो र ? समेत भने । तर, जनताका लागि पवित्र उद्देश्य राखेर गरिएको निर्णयलाई लिएर कति मन्त्री त डा नेपालसँग रिसाए पनि । तर, तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले गभर्नर साप जे घोषणा गर्नुभयो, त्यो राम्रो भयो भनेर दिएको ढाडसले नै काम गर्ने वातावरण बन्यो । एक हजार ५०० बढीले त्यस्तो सुविधा लिएका छन् ।
कार्यकाल भरी पाँच वटा अर्थमन्त्री, पाँच वटा प्रधानमन्त्रीसँग काम गरेको विवरण सुनाउनुहुन्छ नेपाल । व्यक्तिगत स्वभाव तथा काम गर्ने शैली हरेकका फरक फरक हुन्छ । त्यसलाई सन्तुलन मिलाउन पनि ठूलै क्षमता चाहिन्छ । अहिलेका प्रधानमन्त्री केपी शर्मा ओलीमा पनि देशलाई केही गराँै भन्ने भावना रहेको आफूले पाएको बताउनुहुन्छ डा नेपाल ।
आफ्नो उद्देश्यमा अडिग रहँदा काम गर्न सकिन्छ भन्ने सन्देश दिन सफल भए भन्ने आफूलाई लाग्छ रे, उहाँलाई । किनभने वित्तीय क्षेत्रका लागि जे जति गर्नुपर्ने थियो, त्यो गरे भन्ने उहाँलाई लाग्छ रे । हाइटीमा भूकम्प जाँदा प्राप्त भएको राहत रकममा भएको दुरुपयोग अनुभव गरेका बताउनुहुने नेपालले भन्नुभयो “१४ बिलीयन डलर राहत रकम प्राप्त भएपनि हाइटीमा ३ बिलियन मात्रै औपचारिक माध्यमबाट खर्च भयो । भूकम्प लगत्तै नेपालमा पनि त्यही हुने अवस्था देखेपछि आफूले पैसा जति बैंकिङ च्यानलबाट आउनुपर्ने र प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गर्नुपर्ने नियम बनाइदिए ।”
एनजिओे, आइएजनीओलाई मिलेर खान दिइएन । भूकम्प पछि पैसा ‘इएर मार्क’ गरेर प्रधानमन्त्रीको नेतृत्वमा रहेको दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने व्यवस्था मिलाइयो । विभिन्न देशका राजदूत समेत सो निर्णय पछि रिसाए । केही त नेपालसँग हाम्रो सम्बन्ध नै बिग्रन्छ समेत भने ।
ती दिन सम्झदै नेपाल भन्नुहुन्छ “मलाई यति दबाव प¥यो, कि भनी साध्ये छैन । तत्कालीन अर्थमन्त्री डा रामशरण महतले त मलाई बोलाएर आएको पैसा रोक्ने काम गर्नु हुँदैन, जति आएको छ आउन दिनुपर्छ समेत भन्नुभएको स्मरण गर्नुहुन्छ ।
उहाँ गभर्नर भएर आउँदा बैंक तथा वित्तीय संस्थाको पूँजी वृद्धिको योजना अलपत्र अवस्थामा थियो । उनीहरुले टेरिरहेका थिएनन । पूँजी वृद्धिको विषयमा अध्ययन गर्न लगाएको पनि रहेछ । त्यो दस्तावेज केन्द्रीय बैंकमा नै थियो । आइएमएफले पनि पूँजी वृद्धि गर्नुपर्छ, होइन भने तिमीहरुको बैंकमा समस्या आउँछ भनेर आधार कमजोर रहेको बताएको थियो । आफैले अध्ययन गर्दा पनि त्यो पाएको उहाँ सुनाउनुहुन्छ ।
विसं २०६२ मा रु ५० करोडबाट रु दुई अर्ब पूँजी पु¥याउने निर्णय भएको भएपनि २०७२ सम्म पूँजी पु¥याउन छ, सात वटा बैंक मात्रै सफल भएका थिए । त्यतिबेला क वर्गका ३२ वटा वाणिज्य बैंक सञ्चालनमा थिए । लामो समय दिँदा समेत काम नभएको रहेछ । ती बैंकले वार्षिक औसतमा रु ३ अर्ब कमाउने गरेका थिए ।
“किन नगर्ने भन्ने भयो, नीति ल्याउन सकियो भने कार्यावयन गर्न सक्छु भन्ने भयो” उहाँले थप्नुभयो “जुनसुकै संस्थामा जाँदा म यो गर्छु भनेर जान्छ नै । आफू प्रष्ट हुनुपर्छ, त्यसपछि अरुलाई पनि विश्वासमा लिन सकिन्छ ।” बैंकको अनुसन्धानको विभागसँग पनि सल्लाह गरियो । डेपुटी गभर्नर हुनुहुन्थ्यो, महाप्रसाद अधिकारी । उहाँले पनि लौ, गरीहालौँ समय यही हो भन्नुभयो र हामीले पूँजी वृद्धिको योजना ल्यायौ ।
त्यतिबेला पूँजी रु आठ अर्ब भन्दा पनि वृद्धि गर्नुपर्छ भन्ने थियो । रु १० देखि रु १६ अर्ब सम्म पु¥याऔ भन्ने पनि थियो । देशको कूल ग्राहस्थ उत्पादन रु २३ खर्बको थियो । केही बैंक तथा वित्तीय संस्था संस्था समस्यामा थिए ।
नेपाल गभर्नर भएर जाँदा १६ वटा बैंक तथा वित्तीय संस्था समस्यामा थिए । त्यत्तिबेला रु दुई खर्ब ८४ अर्बको निक्षेप थियो । निक्षेप बढेर माथि पुगे पनि बैंकले धान्ने अवस्था थिएन । त्यही भएर ‘बोल्ड’ निर्णय गरिएको थियो, भन्नुहुन्छ डा नेपाल ।
निर्णय गरेर कार्यान्वयनमा लगे ‘क’ वर्गका वाणिज्य बैंकको पूँजी बढेर रु आठ अर्ब पुग्यो । तर, संसदको अर्थ समितिमा पूर्व अर्थमन्त्री, वहालवाला अर्थमन्त्री र सांसदहरुसँग पनि विवाद भएको स्मरण गर्नुहुन्छ ।
उहाँलाई साना बैंक सिध्याउने ग्राण्ड डिजाइनमा गभर्नर लाग्यो भन्ने पनि आरोप लाग्यो । वित्तीय क्षेत्र नेपालको कुना कुनामा पुगेको थिएन । वित्तीय सक्षरता कम थियो । लघुवित्त आवश्यकता थियो । त्यसले विकृति पनि ल्यायो, नियन्त्रण गर्नुपर्छ भन्ने तर्फ सोचेर काम गरेको र सफल पनि भएको बताउनुहुन्छ नेपाल ।
डा नेपाल गभर्नर भएर आउँदा बैंक तथा वित्तीय संस्थाले १२०० अर्ब बराबरको ऋण लगानी थियो । १५०० अर्बको निक्षेप थियो । अहिले बढेर ३१०० अर्बको ऋण विस्तार भएको छ । त्यसको प्रभाव स्वरुप नेपालका पछिल्लो तीन वर्ष लगातार ६ प्रतिशत बढी आर्थिक वृद्धि भएको छ ।
व्यपार व्यवसाय बढेका छन् । पठाओ, टुटल जस्ता निक्कै सिर्जनात्मक क्षेत्रमा पनि लगानी भएको छ । बैंकहरुले नयाँ नयाँ स्किम पनि दिएका छन् । उहाँकै कार्यकालमा रु पाँच अर्बको रिफाइनान्सलाई रु ५० अर्बको बनाइएको छ । त्यसमा पनि माग बढ्दै गएको छ ।
नेपाली बैंकहरुले नै रु १६ अर्बसम्म लगानी गर्न सक्ने भएका छन् । होङसी शिव्म सिमेन्टमा एउटै बैंकले नै ऋण दिएको छ । बैंकको क्षमता विस्तार भएको छ ।
विदेशी बैंकका शाखा खुल्न थालेका छन् । उहाँका अनुसार दोहा बैंकले शाखा खोलेको छ । कतारको ठूलो बैंक आयो, आइसिआइस बैंकले शाखा खोल्यो । केही खोल्ने क्रममा छन् । त्यसले आर्थिक गतिविधि भइरहेको छ त भन्ने सन्देश दिएको छ । मानव संशाधनको क्षेत्रमा समेत ठूलो विकास भएको छ ।
पाँच वर्षको बीचमा देखिने गरी सुधारको काम गरे भन्ने अवस्था निर्माण भएको छ । आरटिजीएस लागू भएको छ । नोट गन्तीको अत्याधुनिक मेशनि आएको छ । भुइचालो जाँदा, चट्याङ पर्दा हल्लने पूरानो भवन भत्केर नयाँ बन्ने क्रम अगाडि बढेको छ ।
डा नेपाल भगर्नर भएर जाँदा १६ वटा बैंक तथा वित्तीय संस्था समस्यामा थिए । “बैंकका कर्मचारी आफै अनुमतिपत्र दिने, आफै समस्या ग्रस्त घोषणा गरेर आफै गएर बस्न हुँदैन, त्ससले राम्रो सन्देश दिँदैन” भन्ने तथ्य स्थापित गरेको बताउनुहुन्छ नेपाल । उहाँको स्पष्ट सोच र निर्देशन थियो – समस्याग्रस्त हुनै नदिने, त्यसलाई उपाय लगाएर समाधान गर्ने तर केन्द्रीय बैंकका कर्मचारी नै जाने अवस्थाको अन्त्य गर्नुपर्छ ।
ग्राण्ड बैंक, एनसिसि बैंक, गोर्खा बैंकमा केन्द्रीय बैंकका दुई तीन जना कर्मचारी गएर, सञ्चालन गरेका थिए । उहाँले भन्नुभयो “आफैले अनुमतिपत्र दिने, नियमन पनि गर्ने व्यवस्था भएपनि बैंकका नै कर्मचारी जाँदा नियमन गर्न नसकेको जस्तो देखियो ।” सोही कारण पूँजी वृद्धिको अवसर समेत दिइयो । एक आपसमा गाभिन समेत निर्देशन दिइयो । सोही कारण समस्याग्रस्त संस्थाहरु क्रमशः सप्रियर सबल बन्न थाले । नसक्नेहरु गाभिए ।
डा नेपाल राष्ट्र बैंकको क्याडर नभएका कारण पनि बैंक कसरी चलाउँछ भन्ने जिज्ञासा धेरैमा थियो । भन्नुहुन्छ “मलाई लाभ के भयो भने त्यसअघि मैले नियमनकारी निकायको रुपमा रहेको नेपाल धितोपत्र बोर्डमा काम गर्ने अवसर प्राप्त गरेको थिएँ । सो संस्थामा बसेर दीर्घकालीन प्रभाव पर्ने नीतिगत निर्णय गरेको थिएँ । त्यसले मलाई वित्तीय क्षेत्रको राम्रो अनुभव दिएको थियो ।”
आइएमएफले पनि नेपालको केन्द्रीय बैंकले राम्रो गरेको छ भनेर प्रशंसा गरिरहेको छ । बैंकिङ प्रणालीमा नयाँ पन दिने लक्ष्य सहित केही समय पहिले आरटिजिएस लागू भएको छ । वासल थ्री शुरु भयो । रिक्स बेस सुपरभिजन,एसआइएस, गोएमएल शुरु भयो । यी काम वर्षौदेखि अगाडि बढ्न नसकेर अड्किएका थिए ।
राष्ट्र बैंकले नै बैंक तथा वित्तीय संस्थाको शाखा कहाँ छ भनेर नियमन गर्न सकिने भएको छ । आधुनिक बैंकिङ सेक्टरको प्रमुख मानिएको भुक