एनपीएल इतिहासकै उत्कृष्ट खेल ! सोमपाल कामी र गुल्शन झाले दिलाए कर्णाली याक्सलाई अविश्वसनीय जित

एनपीएल इतिहासकै उत्कृष्ट खेल ! सोमपाल कामी र गुल्शन झाले दिलाए कर्णाली याक्सलाई अविश्वसनीय जित

नेपाल प्रिमियर लिग (एनपीएल) को इतिहासकै उत्कृष्ट खेलमध्ये एक कर्णाली याक्स र विराटनगर किंग्सकाे सनसनीपूर्ण खेल । याे खेल र कर्णाली याक्सको अविश्वसनीय पुनरागमनबारे एनपीएल कमेन्ट्री सहकर्मी मिखाइल वासवानी र एन्ड्र्यु लियाेनार्डले गरेकाे खेल चर्चा प्रस्तुत गरेका छाैं । कुराकानीकाक्रममा उनीहरुले सोमपाल कामीलाई साँच्चिकै अद्भुत खेलाडी भनेका छन् ।

एन्ड्र्यु लियाेनार्ड: स्वागत छ। प्रतियोगिताको चौथो दिन हामीले दुईवटा असाधारण खेल देख्यौँ। बाहिर निकै ठूलो वर्षा भइरहेकाले सबै कुरा सहज रूपमा गर्न हामी होटलभित्र आएका छौँ। मसँग हुनुहुन्छ मेरा सहकर्मी मिखाइल वासवानी।

मिखाइल, स्वागत छ।

मिखाइल वासवानी: धन्यवाद, एन्ड्र्यु। मलाई यहाँ बोलाउनुभएकोमा धन्यवाद। नेपाली क्रिकेट समर्थकहरूसँग अन्तरक्रिया गर्न पाउँदा सधैँ खुसी लाग्छ। आजको खेलबारे चर्चा गर्नैपर्ने खालको थियो।

एन्ड्र्यु लियाेनार्ड: आज साँच्चिकै उत्कृष्ट दिन रह्यो। पहिलो खेलबारे पनि चर्चा गर्नेछौँ। जनकपुर बोल्ट्सले गोर्खाजलाई हराउँदै उत्कृष्ट पुनरागमन गरेको छ। तर अहिले त्यो खेलमा धेरै समय खर्च नगरौँ। किनभने हामीले आज एनपीएलको यो सिजन मात्र होइन, पछिल्ला तीन सिजनकै उत्कृष्ट खेलमध्ये एक देख्यौँ कि ?

मिखाइल वासवानी: म निर्धक्क भन्न सक्छु, हो। मैले कमेन्ट्रीका क्रममा पनि यही कुरा भनेको थिएँ। ५७ रनमा पाँच विकेट गुमाएको अवस्थाबाट दुई विकेट बाँकी छँदै र एक बल अगावै जित निकाल्नु सामान्य कुरा होइन। उनीहरूले त असम्भवजस्तै देखिएको खेल खोसेर जितेका छन्। यो त साँच्चिकै चलचित्रजस्तै थियो।

एन्ड्र्यु लियाेनार्ड: बिल्कुलै! चलचित्रजस्तै भन्ने शब्द उपयुक्त छ। ५७ रनमा पाँच विकेट गुमाएको अवस्था सम्झँदा अझ अचम्म लाग्छ। दशौँ ओभरतिर म र एचडीले पनि यही कुरा गरिरहेका थियौँ। मैले त्यतिबेला भनेको थिएँ, यदि उनीहरूले तीन विकेट मात्र गुमाएका भए म उनीहरूको जितमा विश्वास गर्थें। तर त्यसपछि थप १३० रन कसरी बनाए र त्यो पनि एउटा मात्र विकेट गुमाएर? यो साँच्चिकै अविश्वसनीय छ।

मिखाइल वासवानी: मैले सोमपाल कामीमा जितको असाधारण भोक देखेँ। उनले गुल्शन झाभन्दा अगाडि आफूलाई ब्याटिङमा पठाए। सुरुमा हामीलाई उनको त्यो निर्णय अलि अनौठो लागेको थियो। तर गुल्शन झाले अन्तिम समयमा आफ्नो क्षमता देखाए। हामीलाई उनको प्रतिभा र सम्भावनाबारे पहिलेदेखि नै थाहा छ।

एन्ड्र्यु लियाेनार्ड: सोमपाल कामीले ३२ बलमा चार चौका र तीन छक्कासहित ६२ रन बनाए। उनको ब्याटिङको विशेषता के हो भने उनीसँग दुईवटा शैली छन्। प्राविधिक रूपमा निकै सही ब्याटिङ गर्न सक्छन् र आवश्यक पर्दा ठूला प्रहार गर्ने शक्ति पनि राख्छन्। सुरुमा सन्दीप लामिछानेविरुद्ध छक्का प्रहार गरे। त्यसपछि उनले पवन सर्राफ र गुल्शन झासँग दुई उत्कृष्ट साझेदारी गरे।

मिखाइल वासवानी: हो। बलिङमा पनि उनले ३३ रन खर्चेर चार विकेट लिएका थिए। टी-२० क्रिकेटमा उनको अहिलेसम्मकै उत्कृष्ट बलिङ प्रदर्शन हो। कहिलेकाहीँ बलिङको सफलताले पनि खेलाडीलाई थप आत्मविश्वास दिन्छ। कप्तानका रूपमा कहिलेकाहीँ आफैँ अगाडि बढेर चुनौती सामना गर्नुपर्छ। आज सोमपाल त्यही योजनासहित मैदानमा उत्रिएका थिए। उनी निकै प्रेरित र लक्ष्यप्रति दृढ देखिन्थे।

वर्षाले खेलको प्रकृतिमै परिवर्तन ल्यायो?

एन्ड्र्यु लियाेनार्ड: खेलको चौथो दिनको कुरा गर्दा, सुरुका तीन दिन हामीले पिचबारे धेरै चर्चा गर्‍यौँ जस्तो लाग्छ। किनभने सुरुवाती खेलहरूमा कम योगफल बनेका थिए। तर दोस्रो खेलको टसपछि केही समय वर्षा भयो र दोस्रो इनिङ्सभरि नै पानी परिरह्यो। के वर्षाले पिचलाई ताजा बनाएको थियो? जसका कारण ब्याटिङ सहज भयो?

मिखाइल वासवानी: हो। कमेन्ट्रीका क्रममा मैले एचडीसँग पनि यसबारे कुरा गरेको थिएँ। उनले वर्षाका थोपाहरूले पिचको सतहलाई केही नरम र समान बनाउने तथा बल ब्याटमा सहज रूपमा आउने बताएका थिए। त्यसको परिणाम पनि हामीले देख्यौँ। पहिलो पटक दुवै इनिङ्स जोड्दा ३०० भन्दा बढी रन बने। यो निकै सकारात्मक संकेत हो। एनपीएल र टी-२० क्रिकेटका लागि उत्कृष्ट विज्ञापन पनि हो।

एन्ड्र्यु लियाेनार्ड: मेरो विचारमा यस्तो खेल संसारको एउटा देशमा मात्र सम्भव छ, त्यो हो नेपाल! आजको खेलले नेपालको क्रिकेट वातावरणको विशेषता झल्काएको छ। यहाँ कहिलेकाहीँ केही अव्यवस्था पनि हुन्छ, वर्षाले खेल प्रभावित हुन्छ, तर त्यहीबीच रोमाञ्चकता र नाटकीय क्षणहरू जन्मिन्छन्। यो खेलमा हामीले चाहने सबै कुरा थियो-रोमाञ्च, नाटकीयता र चलचित्रमा देखिने जस्तो दृश्य।

मिखाइल वासवानी: बिर्सन नहुने अर्को पक्ष विराटनगर किङ्सको पनि छ। उनीहरूले पहिले ब्याटिङ गर्दै १८६ रन बनाए। यो यस सिजनकै अहिलेसम्मको उच्च योगफल थियो। त्यसपछि उनीहरू निकै सुरक्षित अवस्थामा रहेको ठानेका थिए। तर कर्णाली याक्सले देखाएको आत्मविश्वास र जिम्मेवारीपूर्ण खेलले उनीहरूलाई स्तब्ध बनायो। यो हारबाट पुनरागमन गर्न विराटनगरलाई निकै कठिन हुनेछ। एक दिनको विश्रामपछि उनीहरूले फेरि खेल्नुपर्नेछ।

लोकेश बमको उत्कृष्ट ब्याटिङ

एन्ड्र्यु लियाेनार्ड: अब दुई खेलाडीको चर्चा गर्नैपर्छ। सोमपाल कामी र गुल्शन झाले त सबैको ध्यान खिचे। उनीहरू पत्रकार सम्मेलनमा पुग्दा पनि पत्रकारहरू बाहिरिएका थिएनन्। करिब सय जना पत्रकार उनको कुरा सुन्न वरिपरि जम्मा भएका थिए।

तर लोकेश बमको प्रदर्शन पनि उत्तिकै उत्कृष्ट रह्यो। उनले नेपाली ब्याट्सम्यानमध्ये ऐतिहासिक रूपमा दोस्रो ठूलो व्यक्तिगत योगफल बनाउँदै ८७ रन बनाए। त्यसमा नौवटा छक्का थिए। पहिलो सिजनदेखि नै उनको खेलमा निकै सुधार आएको छ। दोस्रो सिजनमा गुप्टिलसँग ओपनिङ गरे र अहिले फाफ डु प्लेसिससँग खेले। उनी साँच्चिकै उत्कृष्ट खेलाडी हुन्।

मिखाइल वासवानी: मलाई उनको ब्याटिङमा सबैभन्दा मन परेको पक्ष धैर्य हो। आज उनले आफूलाई समय दिए। उनको ब्याटिङमा एउटा निश्चित योजना देखिन्थ्यो। छक्का प्रहार गरेपछि अर्को बलमा फेरि ठूलो प्रहार गर्न खोजेनन्। बरु एक रन लिएर स्ट्राइक परिवर्तन गर्ने प्रयास गरे।

यही लोकेश बमको बलियो पक्ष हो। आफूलाई समय दिनुपर्छ, त्यसपछि बाँकी सबै अवसर आफ्नै हुन्छन्।

एन्ड्र्यु लियाेनार्ड: सन्दीप लामिछानेको कप्तानीको पनि चर्चा गर्नुपर्छ। उनले निकै राम्रो कप्तानी गरे। दोस्रो इनिङ्सको अधिकांश समय आन्द्रे रसेलको साथ पनि पाएनन्। रसेलले १५ बलमा २७ रन बनाएका थिए। त्यसमा तीन चौका र दुई विशाल छक्का थिए। अन्तिम ओभर पनि वास्तवमा राम्रो थियो। तर अन्ततः क्याच छुट्नु नै खेलको निर्णायक क्षण बन्यो कि?

मिखाइल वासवानी: म त्यसलाई मात्र निर्णायक कारण मान्दिनँ। त्यो महत्त्वपूर्ण क्षण अवश्य थियो। तर विराटनगर किङ्सले तीनदेखि चारवटा क्याच छाड्नु नै ठूलो कमजोरी थियो। सन्दीप लामिछानेजस्तो स्पिनरका लागि अन्तिम ओभरमा आठ रन जोगाउनु निकै कठिन हुन्छ। विपक्षी टोलीसँग लयमा रहेका दुई ब्याट्सम्यान थिए-एक बायाँ हाते र अर्को दायाँ हाते। यस्तो अवस्थामा बलिङ गर्नु निकै चुनौतीपूर्ण हुन्छ।

बायाँ हाते ब्याट्सम्यानलाई गलत बल भयो भने पनि समस्या, दायाँ हाते ब्याट्सम्यानलाई गलत बल भयो भने पनि समस्या। त्यसैले सन्दीप बलिङ गर्न आउँदासम्म विराटनगर किङ्सको अवस्था निकै कठिन बनिसकेको थियो। उनी उत्कृष्ट बलर भए पनि त्यस्तो परिस्थितिमा कुनै पनि बलरलाई रन रोक्न सजिलो हुँदैन।

एन्ड्र्यु लियाेनार्ड: साँच्चिकै कठिन थियो। त्यसमाथि वर्षा पनि भइरहेको थियो। यस्तो अवस्थामा बलमा राम्रो पकड बनाउन लेग स्पिनरलाई निकै गाह्रो हुन्छ। म अम्पायरहरूलाई पनि श्रेय दिन चाहन्छु। उनीहरूका लागि निर्णय लिन सजिलो थिएन। १३औँ वा १४औँ ओभरमै खेल रोक्न सक्थे। तर उनीहरूले खेललाई निरन्तरता दिने निर्णय गरे।

एनपीएलको कमेन्ट्री टोलीको अनुभव

एन्ड्र्यु लियाेनार्ड: हामी कुरा गरिरहँदा एचडी एकरम्यान र ग्राहम स्वान हामीसँगै अगाडिबाट हिँडेर जानुभयो। यी दुवै फरक स्वभावका भए पनि निकै रमाइला व्यक्तित्व हुनुहुन्छ। हाम्रो टोली पनि निकै उत्कृष्ट छ।

मिखाइल वासवानी: हो, वातावरण पनि निकै राम्रो छ। उहाँहरू दुवै निकै मिलनसार हुनुहुन्छ। धेरै क्रिकेट खेलेका र विश्वभर कमेन्ट्री गरेका व्यक्तिहरूसँग समय बिताउनु मेरा लागि पनि सिक्ने अवसर हो। एन्ड्र्यु, तपाईं पनि लामो समयदेखि यस क्षेत्रमा हुनुहुन्छ। मैले भन्नैपर्छ, यो मेरो लागि उत्कृष्ट अनुभव भइरहेको छ। हामी चारै जनाले यो यात्रालाई निकै रमाइलो बनाइरहेका छौँ।

एन्ड्र्यु लियाेनार्ड: म पनि हरेक क्षणको आनन्द लिइरहेको छु। सागर पनि हामीसँगै हुनुहुन्छ। अब खेलको अन्तिम क्षण र त्यसपछिको उत्सवबारे कुरा गरौँ। सोमपाल कामीको खुसीयाली र गुल्शन झाको पुशअप निकै रोचक थियो। खेलको अन्त्य अविश्वसनीय थियो। अन्तिमसम्म पनि एक जना समर्थक मैदान छाडेर गएका थिएनन्।

मिखाइल वासवानी: म तपाईंलाई एउटा विशेष क्षण सम्झाउन चाहन्छु। सोमपाल कामीले बलिङ गरिरहेका बेला आन्द्रे रसेल ब्याटिङमा थिए। उनीहरूबीचको प्रतिस्पर्धा निकै रोचक थियो। एक ओभरमा दुवैले एकअर्कालाई हेरेर चुनौती दिएका थिए। रसेलले दुई छक्का प्रहार गरे, तर अन्ततः सोमपालकै बलमा आउट भए।

त्यसपछि आन्द्रे रसेल बलिङ गर्न आए र सोमपाल कामी ब्याटिङमा थिए। सोमपालले रसेलको बलमा छक्का र चौका प्रहार गरे। यसरी ठूलो खेलभित्र अर्को सानो प्रतिस्पर्धा पनि चलिरहेको थियो। एनपीएलको वास्तविक आकर्षण यही हो। आन्द्रे रसेलजस्ता अन्तर्राष्ट्रिय खेलाडी र नेपालको उत्कृष्ट खेलाडीबीचको प्रतिस्पर्धाले दर्शकलाई थप उत्साहित बनाउँछ।

एन्ड्र्यु लियाेनार्ड: यो साँच्चिकै चलचित्रजस्तै थियो। गुल्शन झाले आफ्नो कप्तानप्रति सम्मान व्यक्त गर्दै गरेको जस्तो लाग्ने पुशअप र त्यसपछि जम्पिङ ज्याकले पनि सबैको ध्यान खिच्यो। उनी विशेष प्रतिभा भएका खेलाडी हुन्। मलाई लाग्छ, अब उनी विश्वभरका फ्रेन्चाइज लिगहरूमा खेल्न तयार हुँदैछन्।

पहिलो खेल : जनकपुर बोल्ट्सको पुनरागमन

एन्ड्र्यु लियाेनार्ड: अब पहिलो खेलको पनि छोटो चर्चा गरौँ। दोस्रो खेलबारे सबैले हाम्रो धारणा सुन्न चाहिरहेका छन्। तर पहिलो खेल पनि कम रोचक थिएन। मेरो विचारमा काठमाडौं गोर्खाजको टोली छनोट अलि अचम्मलाग्दो थियो। प्रतियोगितामा सबैभन्दा अन्तिम अर्थात् आठौँ टोलीका रूपमा प्रवेश गरेको काठमाडौंले पहिलो खेलमै टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गर्‍यो। तर टोली छनोटले मलाई आश्चर्यमा पार्‍यो।

मिखाइल वासवानी: हो, मैले पनि बेन्चमा धेरै स्पिनर देखेको थिएँ। बायाँ हाते स्पिनर सन्तोष खेलिरहेका थिएनन्। लेग स्पिनर पनि बाहिर थिए। त्यस्तै चाइनाम्यान बलरलाई पनि खेलाइएको थिएन। मेरो विचारमा खेलको अवस्थालाई राम्रोसँग बुझ्नुपर्छ। कुन पिचमा कुन खेलाडी उपयुक्त हुन्छ भन्ने कुरा महत्त्वपूर्ण हुन्छ। काठमाडौं गोर्खाजको पहिलो खेल भएकाले उनीहरूलाई केही छुट दिन सकिन्छ। तर टोलीको संयोजन खेलको परिस्थितिअनुसार उपयुक्त देखिएन।

एन्ड्र्यु लियाेनार्ड: उनीहरूसँग छ जना तीव्र गतिका बलिङ विकल्प थिए। तर हरमीत सिंहको कप्तानीमा रहेको जनकपुर बोल्ट्सले यसको ठीक विपरीत रणनीति अपनायो। उनीहरूले १६ ओभर स्पिन बलिङ गराए। मलाई लाग्छ, जनकपुरका सबै खेलाडीले राम्रो प्रदर्शन गरे।

तर खेलको मुख्य आकर्षण बनेका थिए युवा खेलाडी राहुल यादव। मैले उनलाई मे महिनामा वर्ल्डलिङ्कको ‘बीट द स्पिड सिजन-३’ कार्यक्रममा भेटेको थिएँ। उनी त्यहाँ तेस्रो भएका थिए। उनी निकै प्रतिभाशाली युवा हुन्। उनको उमेर १७ वर्ष मात्र छ।

त्यसपछि उनी जनकपुरको ट्यालेन्ट हन्टबाट छनोट भए। ट्यालेन्ट हन्टबाट छनोट भएर तत्कालै खेल्ने अवसर पाएका खेलाडी हामीले धेरै देखेका छैनौँ। तर राहुलले दुई खेलमै छ विकेट लिइसकेका छन्। प्रतियोगिताको अहिलेसम्मकै उत्कृष्ट क्याच पनि उनकै नाममा छ। अहिले उनी कस्तो महसुस गरिरहेका होलान्?

मिखाइल वासवानी: उनको त्यो क्याचले मलाई सन् १९९२ को विश्वकपमा एलन बोर्डरको क्याच लिएका अजय जडेजाको क्षण सम्झायो। मैले दर्शकदीर्घामा बसेका पारससँग पनि यसबारे कुरा गरेको थिएँ। त्यो क्याचले पुरानो क्षणको झल्को दिएको थियो।

एनपीएलले खोजेको पनि यही हो-नयाँ प्रतिभाको उदय। यसअघि