ठकुरी सञ्जाल युएईले कलम साँस्कृतिक साँझ गर्दै

ठकुरी सञ्जाल युएईले कलम साँस्कृतिक साँझ गर्दै

-राज भण्डारी –

युएई । युएईमा रहेका विभिन्न संस्थाहरुले बेला बेला विभिन्न कार्यक्रमहरुको आयोजना गर्दै आइरहेका छन् । यस्तै ठकुरी सेवा सञ्जालले पनि बेला बेलामा विभिन्न कार्यक्रम गर्दै आइरहेको छ । कार्यक्रमबाट उठेको रकम सँस्थाले विभिन्न सामाजिक कार्यमा लगाउदै आएको छ ।

आर्थिक अभाबको कारण विद्यालय जानबाट बञ्चित बिपन्न बर्गका विद्यार्थीहरुलाई विभिन्न समयमा पुस्तक कलम तथा आवश्यक सामाग्रीहरु सहयोग गर्दै आएको छ । सँस्थाका अध्यक्ष भिम मल्लले भन्नूभयो – ‘प्रदेशबाट हामीले सामाजिक कार्य गर्न पाउँदा निकै गर्व लाग्छ, हामीले बेला बखतमा विभिन्न कार्यक्रम गर्दै आइरहेका छौ, उठेको रकमबाट सहयोग पनि गरेका छौ,अहिले कलम सांस्कृतिक साँझको तयारीकाे अन्तिम चरणमा छौ ।’ उहाँले कार्यक्रम सभ्य र भब्य रुपमा सम्पन्न गराइदिनु हुन युएईमा रहेका सम्पुर्ण नेपाली लगायत पत्रकार संघसँस्थालाई उपस्थित भै कार्यक्रम सफल बनाउन अनुरोध गर्नु भयो ।

कार्यक्रममा नेपालबाट चर्चित कलाकार शिव हमाल, बाबु बोगटी करिस्मा ढकाल सुरेस रानासंगै युएई मै रहनु भयका कलाकारको पनि प्रस्तुती रहने महासचिब जीवन सिह ठकुरीले जानकारी दिनु भयो । कार्यक्रम ठकुरी सँजाल युएईको आयोजनामा सयपत्री रेस्टुरेन्ट अल कुज को सह आयोजनामा गर्न लागिएको हो । क्लब एभरेस्ट को हल मा १४ जुन २०१९ को दिन स्थानिय समय अनुसार दिन को २ बजेबाट कार्यक्रम सँचालन हुने अध्यक्ष भिम मल्लले जानकारी दिनु भयो ।