एनआरएनए मेरिल्याण्ड च्याप्टरकाे अध्यक्षमा देशारकाे उम्मेदवारी

एनआरएनए मेरिल्याण्ड च्याप्टरकाे अध्यक्षमा देशारकाे उम्मेदवारी

अमेरिका । एनआरएनए मेरिल्याण्ड च्याप्टरमा (२०१९-२०२१) को लागी अध्यक्ष पदमा महेन्द्र देशारले उम्मेदवारी दर्ता गराएका छन् ।

उनले भनेका छन् – ‘मेरिल्याण्डका अग्रज व्यक्तिहरूको आग्रहलाई स्वीकार गर्दै मैले अघिल्लो पटक अध्यक्ष हुने ईच्चावाट पछि हटेर सचिवमा वसी सहमति गरेको हो र त्यही सहमतिलाई आत्मसात गर्दै २ वर्षपछि अध्यक्ष पदमा उम्मेद्वारी दिएको हुँ।’ मेरिल्याण्डमा बसोबास गर्दै आउनु भएका आमाबुबा, दिदीबहिनी र दाजुभाइको प्रेरणाले नै मलाई यहाँसम्म ल्याएको हो एनआरएनए मैरील्याण्ड च्यापटर् मा दुई वर्ष सचिब को कार्यभार सम्हालेको अनुभव छ ।

१२ वर्षदेखि अमेरिकामा बसोबास गर्दै आएको छु यसपाली म र हाम्रो समुह लाई अत्यधीक मत ले जिताउन हार्दिक अनुरोध गर्द्छु !!! हामि निर्वाचनमा विजयी भयौ भने एनआरएन यूएसएको राष्ट्रीय समिति र च्याप्टरविचको सम्वन्धलाई व्यवस्थित गर्दै स्थानीय छाता संगठन वाना र अन्य संघसंस्थाहरूको विचमा एकता र सहकार्य गरी वाल्टिमोर नेपालि समाजलाई एउटा उदारणिय समाजको रूपमा अघि बढाउनेछौ ।’