गर्मी बढे सँगै सेन्साई ब्राण्डका एयर कुलरको माग ह्वात्तै बढ्यो

गर्मी बढे सँगै सेन्साई ब्राण्डका एयर कुलरको माग ह्वात्तै बढ्यो

काठमाडौं । सेन्साई ब्राण्डको अत्याधुनिक प्रविधि भएका एयर कुलरहरुको माग ह्वात्तै बढेको कम्पनीले जनाएको छ । टावर एयर कुलर, डिर्जट एयर कुलर, पर्सोनल एयर कुलर र विन्डो एयर कुलर गरि चार प्रकारका एयर कुलर जसमा १० वटा भन्दा बढी मोडलहरु रहेका छन्, तसर्थ ग्राहक वर्गलाई आफ्नो आवश्यकता अनुसारको कुलर छान्न सजिलो हुन्छ ।

तराईमा ह्वात्तै गर्मि बढेसँगै एयर कुलरको माग बढेको कम्पनीले जनाएको छ । साथै सेन्साई ब्राण्ड अन्तर्गत एयर कुलर लगायत चेष्ट फ्रिजर, सोकेश, रेफ्रिजेरटर, टि.भी. र वासिङ मेसिन पनि रहेको छ ।
ग्राहकवर्गहरुलाई सजिलो पहुच होस् भनी मध्यनजर गर्दै कम्पनीले नेपाल भरी ७७ जिल्लामा आफ्ना आधिकारी डिलरहरु मार्फत विक्री वितरण गर्दै आएको छ । साथै विक्री पश्चात को सेवाहरुको लागि कम्पनीको ३५ भन्दा बढी शहरहरुमा आफ्नै सर्भिस सेन्टर पनि रहेको कम्पनीले जनाएको छ ।

चौधरी ग्रुप अन्तर्गत इ.ओ.एल. प्रा.ली. ले सेन्साई ब्राण्डको उत्पादनहरु नेपाली बजारमा विक्री वितरण गर्दै आइरहेको छ । विस्तृत जानकारकिो लागि नजिकैको डिलर वा १६६–००–१०२–२११मा सम्र्पक गर्नुहोला ।