आज चैते दशैं पर्व मनाइँदै

आज चैते दशैं पर्व मनाइँदै

काठमाडौं । आज चैते दशैं पर्व । शक्ति पीठहरुमा आज बिहानैदेखि भगवान रामको पूजा आजा गरि मनाइँदै छ । असत्यमाथि सत्यको जितको रुपमा लिइने चैते दशैं हिन्दूधर्मावलम्बीहरुले महत्वपूर्ण पर्व हो । वर्षमा दुई पटक मनाइने दशैं अन्तर्गतको असोजमा मनाइने दशैंलाई बडादशैंको रुपमा मनाइन्छ भने चैत शुक्ल अष्टमीमा चैते दशैंको रुपमा मनाइन्छ ।

वर्षको दुई पटक चैत र असोजमा गरिने दुर्गापूजाको विशेष महत्व रहेको शास्त्रमा उल्लेख छ । चैते दशैंको दिन काठमाडौंका भद्रकाली, शोभाभगवती, दक्षिणकाली, गुहेश्वरी, संकटा, नक्साल भगवतीका साथै गोरखाको मनकामना, गोरखकाली, काभ्रेको पलाञ्चोक भगवती, पोखराको विन्धबासिनीलगायत देशभरका शक्तिपीठहरुमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ ।