थप १८ जनामा कोरोना संक्रमण पुष्टि

थप १८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, ९ वैशाख।नेपालमा शुक्रबार थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

देशभर गरिएको २ हजार १ सय ३३ पिसिआर परिक्षणका क्रममा ९ जना र १ हजार ५ सय १८ एन्टीजेन परिक्षणका क्रममा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

शुक्रबार पनि कोरोनाका कारण कसैको पनि मृत्यु भएको छैन । त्यस्तै थप २५ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६६ हजार ४ सय ८१ संक्रमित निको भएका छन् । हाल नेपालमा २ सय ८२ सक्रिय संक्रमित आइशोलेशनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।