बाल वाङ्मय तथा अनुसन्धान केन्द्रको अध्यक्षमा पुन: प्रमोद प्रधान निर्वाचित

बाल वाङ्मय तथा अनुसन्धान केन्द्रको अध्यक्षमा पुन: प्रमोद प्रधान निर्वाचित

काठमाडौं : बालसाहित्यका क्षेत्रमा चर्चित संस्थाका रूपमा परिचित बाल वाङ्मय तथा अनुसन्धान केन्द्रको अध्यक्षमा प्रमोद प्रधान पुन: चयन हुनुभएको छ। शनिवार(साउन ९,२०७८) साँझ भर्चुअल माध्यम जुमबाट भएको विशेष साधारण सभाबाट प्रधान अध्यक्षमा पुन: चयन भएको निर्वाचन समितिका संयोजक प्रा रामकुमार पाँडेले जानकारी दिनुभयो ।

केन्द्रको उपाध्यक्षमा विजयराज आचार्य पुन: दोहोरिनुभएको छ। महासचिवमा अनन्त वाग्ले चयन हुनुभयो । यसअघि महासचिवमा कलाकार एकराम सिं हुनुहुन्थ्यो। कोरोना सङ्क्रमणका कारण उहाँको निधन भएपछि रिक्त रहेको ठाउँमा यसअघिका कार्यसमिति सदस्य वाग्ले चयन हुनभएको हो । यसैगरी सचिवमा मञ्जु ज्ञवाली र कोषाध्यक्षमा शान्ति सापकोटा दोहोरिनुभएको छ।

बालबालिकाका क्षेत्रमा साहित्य सिर्जना र अनुसन्धानमा लागेको केन्द्रको सदस्यहरूमा तारानिधि भट्टराई, रवीन्द्र मानन्धर, केदार श्रेष्ठ र नेत्र तामाङ चयन हुनुभएको छ । निर्वाचन समितिका सदस्यहरूमा संयोजक केन्द्रका सल्लाहकार पाँडेसहित सल्लाहकारहरू प्रा.डा. चुडामणि बन्धु, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति केके कर्माचार्य हुनुहुन्थ्यो । २०६९ मा स्थापना भएको संस्थाको संस्थापक अध्यक्ष दिवंगत विनय कसजु हुनहुन्थ्यो। संस्थाले बालबालिकाका लागि कथा लेखनलगायतका कार्यशाला सञ्चालन गर्दै आएको महासचिव वाग्लेले जानकारी दिनुभयो।

अध्यक्षमा दोहोरिएसँगै कोरोनाका कारण रोकिएका कामलाई निरन्तरता दिँदै जाने र बाँकी योजनाहरू तय गरिने अध्यक्ष प्रधानले बताउनुभयो। प्रधान नेपाल बालसाहित्य समाजमा हालै निर्वाचित उपाध्यक्षसमेत हुनुहुन्छ।

विस्तृत जानकारीका लागि
अध्यक्ष प्रमोद प्रधान 9841240161
उपाध्यक्ष विजयराज आचार्य 9851097716
महासचिव अनन्त वाग्ले 9841259310
सचिव मञ्जु ज्ञवाली 9841373698