भूगोल साहित्य समाजको दशौं काव्य श्रृंखला सम्पन्न

भूगोल साहित्य समाजको दशौं काव्य श्रृंखला सम्पन्न

काठमाडौँ।भूगोल साहित्य समाज ( भूसास) को आयोजनामा काठमाडौमा दशौं काव्य श्रृंखला सम्पन्न भयो ।

यस कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंकबाट निवृत्त लेखक– साहित्यकारको मात्र सहभागिता रहेको कार्यक्रम थियो । कार्यक्रम बैंकका पूर्व नायव प्रमुख कार्यकारी अधिकृत सुशील श्रेष्ठको प्रमुख आतिथ्यता एवं नायव महाप्रबन्धक द्वय टेकराज जोशी र उद्धब खनालको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा पूर्व कर्मचारी संघका संस्थापक अध्यक्ष एवं नियात्राकार देवीचन्द्र श्रेष्ठ तथा अर्का पूर्व अध्यक्ष जयबहादुर चन्दको पनि विशिष्ट अतिथिको रुपमा उपस्थिति रहेको थियो ।

समाजका अध्यक्ष विनोद नेपालको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा कविहरु जनार्दन पौडेल, अरुण अनुराग, बुद्धिराज पाण्डे, सीताराम उप्रेती, महेश रिजाल, गुप्तबहादुर राना, हरिश्चन्द्र गौतम, मुकुन्द अर्याल, दिनेशविक्रम थापा, उद्धव खनाल र विनोद नेपालले रचना वाचन गर्नुभएको थियो।स्वागत मन्तव्य दिनेश विक्रम थापाले गर्नुभएको कार्यक्रम शैलेन्द्र कुमार शाहले सञ्चालन गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि र विशिष्ट अतिथिहरुले समाजले निवृत्त कर्मचारीहरुलाई सक्रिय बनाउनका लागि गरेको प्रयास सराहनीय भएको भन्दै आफूहरु समाजको उन्नती र प्रगतिको लागि जुनसुकै किसिमको सहयोग प्रदान गर्न तयार रहेको बताउनुभएको थियो ।गत वर्ष स्थापना भएको र नियमित रुपमा साहित्यिक कार्यक्रम गर्दै आएको समाजले यस अघि गत फागुन १७ गते नवौं रचना वाचन श्रृङ्खला सम्पन्न गरेको थियो ।

आजको कार्यक्रममा सहभागी हुन इच्छुकको संख्या निकै ठूलो भएपनि वर्तमान असहज परिस्थितिका कारण संस्था भित्रका सीमित संख्याका सर्जकहरुलाई मात्र कार्यक्रममा समेट्न सकिएको थियो ।