गुल्मी सेवा समाज युएईकाे चौँथो अधिबेशन साँस्कृतिक कार्यक्रम २१ जुनमा

गुल्मी सेवा समाज युएईकाे चौँथो अधिबेशन साँस्कृतिक कार्यक्रम २१ जुनमा

-राज भण्डारी

युएई । गुल्मी जिल्लाबाट रोजगारीको सिलसिलामा युएईमा रहेका सम्पुर्ण गुल्मेलीहरु एकजुट भएर बनाएको संस्था हो गुल्मी सेवा समाज । यो संस्था जस्तो नाम काम पनि यस्तै गर्दै आइरहेको छ । गरिब असायहरुलाई बेला बेलामा सहयोगसम्म गर्दै आएको संस्था हो गुल्मी सेवा समाज ।

निकै लामो समयसम्म पनि संस्थाले नयाँ कार्यसमिती भने बनाएको थिएन । हालै संस्थाका महासचिव रुद्र पुरुषले एक बिज्ञप्ति निकाल्दै जानकारी दिनु भयो । २१ जुनमा संस्थाले आफ्नो चौँथो अधिबेशनसंगै साँस्कृतिक कार्यक्रम पनि गर्दै छ । संस्थाले सबैको राम्रो र समाजमा सहयोग गर्ने पहिलेको भन्दा अझ राम्रो हुने बताउनु भयो ।

अध्यक्ष लक्ष्मण अर्यालले युएईमा छरियर रहनु भएका गुल्मेली सम्पुर्णलाई कार्यक्रममा उपस्थित भै संस्थामा आबद्ध रहनु हुन र सबैको सहयोग सबैको साथको आसा र खाचो रहेको संस्थाका महासचिव रुद्र पुरुष ले जानकारी दिनु भयो । नयाँ बन्ने कार्यसमितिलाई भने एकतर्फी हेर्दा चुनौती नै चुनौती देखिन्छ संस्थालाई अबल्ल र जमाउन धेरै मेहनत गर्न पर्ने नयाँ बन्ने कार्यसमितीले संस्थालाई जग बसाल्ने बताउनु भयो । संस्था का बरिष्ठ उपाध्यक्ष मीनप्रसाद भण्डारीले, नयाँ बन्ने कार्यसमितिले गुल्मेलीहरुलाई एक जुट बनाउने र सबै सबै गुल्मेलीहरुलाई संस्थामा आबद्ध बनाइ संस्थाको बारेमा बुझ्न महासचिव रुद्र पुरुषले जानकारी दिनु भयो ।