गुल्मी जिल्ला समाज यूकेको अध्यक्षमा टोप पल्ली निर्विरोध

गुल्मी जिल्ला समाज यूकेको अध्यक्षमा टोप पल्ली निर्विरोध

लण्डन, २८ अप्रिल । गुल्मी जिल्ला समाज यूकेको अध्यक्षमा टोप पल्ली निर्विरोध भएका छन् । वर्तमान कार्यसमितिका उपाध्यक्ष पल्ली आमागी नेतृत्वको लागि निर्विरोध बनेका हुन् । संस्थाको छैठौं कार्यसमितिको लागि उम्मेदवारी दिन तोकिएको समयसीमाभित्र अध्यक्षमा पल्लीको एकल उम्मेदवारी परेको छ । तर उपाध्यक्ष र कार्यसमिति सदस्यमा भने आवश्यक संख्यामा भन्दा बढिको उम्मेदवारी परेको छ ।

गुल्मी जिल्ला समाज यूकेको स्थापनाकालदेखि नै संस्थामा सक्रिय पल्लीले यसअघि संस्थाको खेलकुद सेक्रेटरी, कोषाध्यक्ष हुंदै उपाध्यक्षसम्मको जिम्मेवारी सम्हालेका थिए ।

अध्यक्षमा निर्विरोध भएपनि जना उपाध्यक्षको ठाउँमा ४ जनाको उम्मेदवारी परेको छ । राम सापकोटा, तारानाथ भण्डारी, मति पुन र कोशलेश्वर ( कृष्ण) ढकालले उपाध्यक्षमा उम्मेदवारी दिएका छन् ।

महासचिवमा वीर बलाल, सचिवमा मञ्जु भण्डारी, कोषाध्यक्षमा वरुण भण्डारी र सहकोषाध्यक्षमा तारा भट्टराई पनि निर्विरोध नै भएका छन् । ११ जना कार्यसमिति सदस्यको ठाउँमा भने १९ जनाको उम्मेदवारी परेको छ ।

संस्थाको छैठौं अधिवेसन आउँदो मे ५ मा अल्डरसटमा हुंदैछ । सोहि अधिवेसनले संस्थाको नयाँ नेतृत्व निर्वाचित गर्नेछ ।

निर्वाचन समितिका संयोजक मिन दर्लामीले उपाध्यक्ष र कार्यसमिति सदस्यबाहेकका सबै पदहरु निर्विरोध बनेको पुष्टी गरे । छलफल र संवादबाटै उपाध्यक्ष र सदस्यमा पनि सहमति जुटाउनुपर्ने मत संस्थाका सल्लाहकार तथा अग्रजहरुको छ ।

निर्वाचन समिति संयोजक दर्लामीले उम्मेदवारहरुबीच सहमति बन्न सके त्यसलाई स्वागत गर्ने तर सहमति नबन्दाको अवस्थामा निर्वाचन नै गराउनको लागि पनि निर्वाचन समितिले तयारी गर्ने जानकारी दिएका छन् । -नेपालीपत्र डट कमबाट साभार