न्युर्योक क्विन्स कम्युनिटी बोर्डमा ज्ञानल थापा नियुक्त

न्युर्योक क्विन्स कम्युनिटी बोर्डमा ज्ञानल थापा नियुक्त

-लोकेन्द्र कार्की-

न्युर्योक । संयुक्त राज्य अमेरिकाको न्युयोर्क राज्यको क्विन्स कम्युनिटी बोर्ड ५ सदस्यमा ज्ञानल थापा नियुक्त भएका छन् । क्विन्सबोरो पे्रसिडेन्ट मेलिण्डा काजबाट नियुक्ति लिएका थापा यसअघि न्युयोर्ककै नेभरहुड एड्भाइजरी बोर्ड २ सदस्यमा नियुक्त भई उक्त बोर्डको सचिवको जिम्मेवारीमा पनि छन् ।

सन् २०१३ मा तेस्रो पटकको अमेरिका आगमनपश्चात न्युर्योकमा सपरिवार बसोबास गर्दै आएका थापाले राजनीतिसंगै व्यवसाय, सामाजिक क्षेत्रलाई समान रुपमा अघि बढाइरहेका छन् । जब मैले १ बर्ष अघि अप्रिल २०१८ मा नेभरहुड एड्भाइजरी बोर्ड २ मा पाइला राख्न सफल भए त्यसपछि मेरो आत्मवल अझ मजबुत भयो फलस्वरुप यो विन्दुसम्मको यात्रा मापन गर्न सफल भए“ । आवेदन दिने हजारौबाट छानिनु सम्पूर्ण हाम्रो समुदायका लागि गौरवको विषय हो । अझ यो नियुक्तले त मेरो नेपालदेखिको राजनीतिक मोहलाई अझै जगाई दियो, थापाले भने ।

 

उहा डेमोक्रेटिक पार्टीतर्फबाट क्विन्सबोरो प्रेसिडेन्ट र काउन्सिल म्यानलगायतस“ग पार्टीका कार्यक्रमहरुमा निकट भएर काम गरिरहेका छन् । नेपालको क्रियाशिल राजनीतिलाई यहा“ आएर पुनः सुरुवात गर्ने अवसरको रुपमा लिएका थापाले नेपाली समुदायको अमेरिकन हुनुमा गर्ब गर्छन् । यो पदमा पुग्नका लागि बरोभित्र बसोबास गर्ने सिटी कर्मचारीबाहेक सबै योग्य व्यक्तिहरुले आवेदन दिन पाउ“छन् । आवेदन दिने हजारौबाट छानिएपछि प्रेसिडेन्ट र काउन्सील मेनस“गको अन्तर्वार्तामा आफू योग्य भएको विश्वास दिलाउन सक्नु पर्छ । यो पदमा पुग्नका लागि राजनीतिक र सामाजिक कार्यको अनुभव र छवि महत्वपूर्ण हुन्छ ।

हजारौ नेपाली समुदाय बसोबास गर्ने न्युर्योक क्विन्स बरोमा हालसम्म नेपाली मुलबाट थापा सहित ५ जनामात्र यो पदमा पुग्न सफल भएका छन् । हजारौ आवेदकहरुबाट नेपाली मुलका युवा साथी यो पदमा पुग्नु अमेरिकी उदार संस्कार र हामी सम्पूर्ण समुदायका लागि गौरबको विषयत हु“दै हो । साथसाथै राजनीतिप्रति आकांक्षा भएका युवा मित्रले यस बोर्डमा रह“दा धेरै विषयमा आफ्नो विशेषज्ञता देखाउने र आफ्नो क्षेत्रमा अझै खारिने मौका पाउनु हुनेछ, यो विशेषज्ञता नेपाली समुदायका लागि मूल्यवान सम्पत्ती हुनेछन् । साथै थापालाई सफलताको शुभकामना दिन्छु, बोर्ड ५ सदस्य तथा समाजसेवी मोहन ज्ञवालीले भन्नुभयो । उहा“का अनुसार यो अमेरिकी मुलधार राजनीतिको मेरुदण्ड हो ।

संघिय सरकार, राज्य सरकार र न्युर्योक नगरबाट प्रस्थापित विकास निर्माण लगायत आफ्नो नगरक्षेत्रमा हुने सम्पूर्ण विकास निर्माण कार्यमा अन्तिम निर्णायक भूमिका हुने कम्युनिटी बोर्डको सदस्य पद अति महत्वपूर्ण हो । राज्य सरकार र नगरबाट प्राप्त एकमुस्ट बजेटलाई विनियोजन, थप बजेटको माग, शान्ति सुरक्षा, विकास योजना, भूमिको प्रयोग, सेवा सुविधा लगायतका क्षेत्रमा बोर्डले काम गर्छ । सँथै स्थानीय निकायस“ग कामको संयोजन तथा गुनासाहरुको सुनुवाई गर्नुका साथै गुणस्तर नियन्त्रण तथा गुणस्तरीय सेवा उपलब्ध गराउने र स्थानीय बासिन्दाहरुको सेवा सुविधा तथा बजेट विनियोजनमा आवश्यक सल्लाह दिन्छ । बैकिङ क्षेत्रको सर्वेक्षण तथा पब्लिक र प्राइभेट क्षेत्रको कानुनी सुनुवाई र डिस्ट्रिकभित्रका बासिन्दाहरुको लागि कल्याणकारी योजनाहरु बनाउने तथा लागू गर्ने गर्छ ।

न्युर्योक राज्य सरकारले रोटरी क्लब अफ न्युर्योक क्विन्सको अगुवाईमा ड्राइभिङ्ग लाइसेन्सको परिक्षा नेपाली भाषामा समेत दिन पाउने निर्णय गरिसकेको छ । हिन्दुहरुको महान पर्व दिपावलीको अवसरमा सार्वजनिक विद्यालयहरु विदाको लागि राज्य सभामा प्रस्ताव लगिसकेको छ भने यसअघि नै न्युर्योक सिटी काउन्सीलले तिहारको अवसरमा न्युर्योकभित्र पार्किङ्ग निशुल्क बनाउने निर्णय गरिसकेको छ । ठूलो संख्यामा रहेको नेपाली समुदायबाट यस्तो नियुक्ती पाउ“दा नगर र राज्य सरकारबाट आफ्नो समुदायको हितका लागि महत्वपूर्ण निर्णय गराउने अवसर प्राप्त हुने देखिन्छ ।

मैले संघर्ष नै जिवन मानेको छु । जिवनमा यहि सारलाई आत्मसाथ गर्दै अघि बढिरहेको छु । सिन्धुपाल्चोक, इन्द्रावती गाउ“पालीकादेखि अहिले अमेरीकी मुलधारको राजनीतिमा क्रमशः उकालो चढिरहेका थापाले भने । थापाले करीब ३ दशकअघि २०४४ सालदेखि नेपाल बिद्यार्थी संघको राजनीतिमा होमिएका सिन्धुपाल्चोक, चौताराको कृष्ण उच्च मा.बि.को इकाई सभापति, नेबि संघ जिल्ला कार्यसमिति सचिव हु‌दै केन्द्रीयप्रतिनिधिसम्मको भुमिका निर्वाह गर्नुका साथै नेपाली कांग्रेस क्षेत्र नं. २ सिन्धुपाल्चोक सचिव, नेपाली कांग्रेस जिल्ला कार्यसमिती सिन्धुपाल्चोक निर्वाचित सदस्य रहि पहिलो संविधानसभा निर्वाचनमा प्रत्यक्षतर्फ टिकटको लागि पहिलो नम्वरमा सिफारिसमा परेका ज्ञानल थापा राजनीतिबाट समाज र राष्ट्रलाई गतिशिल बनाउन सकिनेमा दृढ छन् । नेपालमा माथीबाट तल नेतृत्व थोपर्ने प्रवृत्ति र यहां तलबाट आफैलाई स्थापित गर्दै लानु पर्ने प्रजातन्त्रिक सस्कारभित्र छिर्न आफू योग्य र राजनीतिमा आफ्नो लगानीको उच्च मूल्याकंन हुनेमा थापा विश्वस्त छन् ।

नेपालको राजनीति र अमेरीकाको राजनीति फरक रहेको ज्ञानलको बिश्लेषण छ । अमेरीकी राजनीतिलाई सामाजिक सेवा र काम सम्पन्न गरेको आधारमा योग्यता निर्धारण गर्नु पर्ने विचार राख्ने ज्ञानलले भोगेको नेपाली राजनीतिको अस्वस्थ प्रतिष्पर्धा र २०६२/६३ को जनआन्दोलनमा दर्जनौ पटक जेल जिवन गुजारेको तितो अनुभव छ । जनअन्दोलनका क्रममा दजनौ पटक काठमाडौं र सिन्धुपाल्चोक सदरमुकाम चौतारामा प्रहरीबाट भएको धरपकडमा गम्भीर घाइते हु“दाको अवस्था सम्झदै नेपाल र अमेरिकाको राजनीति तुलनायोग्य नभएको विश्लेषण छ ।

नेपालको राजनीतिमा क्षमता भएर पनि अवसर पाउन अति संघर्ष गर्नुपरेको थापाको स्मरण छ । संघर्ष गर्नबाट कहिल्यै हार खाइएन । बरु जिवनमा राजनीतिबाट गर्ने काम र समाज रुपान्तरणको सपनालाई राजनीतिसंगै बिभिन्न सामाजिक संघ संस्थाहरुमा आवद्ध रहेर पुरा गर्दै आइरहेको छु ।

नेपाली हस्तकला ब्यापार प्रदर्शनीको सिलसिलामा सन् २०११ मा अमेरीका अवतरण गरेका ज्ञानल थापाको जिवन यहि बिन्दुबाट युटर्न भएको हो । नेपालमा आन्तरिक राजनीतिको फोहरी खेलको शिकार बनेका थापाले पीडालाई यहा“को उदार र इमान्दार राजनीतिबाट मल्हम लगाउने निधो गरेका छन् । बाटो सोचेजति सहज थिएन, शक्ति र भनसुनको गुञ्जायस थिएन, जसले कडा र निरन्तर परीश्रम गर्छ उसले नै अमेरीकाको मुलधारमा स्थान पाउ“छ भन्ने हेक्का राखेका ज्ञानलले नियमित कामसंगै आफ्नो यात्रालाई जारी राखिरहे ।

अमेरिका बसाई जति नै दुःख र पिडादायी भएपनि जिवनलाई सहज बनाउन दिनरात कडा परीश्रम गर्दै आइरहेका थापा नेशनल डेमोक्रेटिक पार्टी अन्तर्गत हिमालयन डेमोक्रेटिक क्लवमा उपाध्यक्ष छन् । आफ्नो अनुभवका आधारमा मुलधारको राजनीतिलाई समुदाय अनुकुल बनाउने क्षमता विकास गर्नु पनि मेरो मूल उद्देश्यले हो, थापाले भने । राजनीतिका लागि आफुभित्रको इच्छा, सोच र धैर्यतालाई जिवन पर्यन्त जिवित राख्ने प्रतिवद्ध छन् ।

सूचना प्रविधी क्षेत्रमा व्यवसाय गर्दै आएका ज्ञानल हाल रोटरी क्लव अफ न्युयोर्क क्विन्सको कार्यकारी सचिवको रुपमा अमेरीकाबाट नेपाललाई जोड्दै आइरेहका छन् । रोटरीले धादिङस्थीत चेपाङ वस्तीमा विद्यालय निर्माण र काठमाडौं पवित्र सेवा समाजले संचालन गरेको बृद्धाश्रममा खाद्यन्न उपलब्ध गराउनुको साथै शौचालय निर्माण गर्न सहयोग गरेको थियो । आगामी अक्टोबरमा सिन्धुपाल्चोकको इन्दावती गाउ“पालिका वडा नं. ३ कुञ्चोकमा स्वास्थ्य शिवर तथा शिक्षासम्बन्धी कार्यक्रम गर्दैैछ । रोटरी क्लब न्युर्योक क्विन्सको अगुवाईमा ४० जनाको चिकित्सक तथा शिक्षाविद्लगायतको टिमले नेपाल मिसन कार्यक्रम अन्तगर्त स्वास्थ्य तथा शिक्षाको क्षेत्रमा सिन्धुपाल्चोकबाट नेपाल मिसन कार्यक्रम सुरु गर्न लागेको छ ।

न्युर्योकमा ठूलो संख्यामा रहेका नेपाली समुदायलाई आफ्नो क्षमताले भ्याएसम्म आर्थिक, सामाजिक र सामुदायिक गतिविधिमा संलग्न गराई सिंगो समुदायको जिवनस्तर सुदृढ बनाउने मनभित्रको चाहनालाई पुरा गर्न मुलधारलाई रोजेको बताउने ज्ञानल थापाले हाल प्राप्त गरेको सफलताबाट अघि बढ्न प्रोत्साहन मिलेको बताए ।

तेक्वान्दो खेलमा ब्ल्याक बेल्ट दोश्रो डान प्राप्त नवनियुक्त सदस्य ज्ञानल थापा नेपालमा रहंदा खेलकुद, राजनीति, शिक्षण, नेपाल रेडक्रस सोसाइटी र द रेयुकाई नेपाल लगायतका संघसंस्थाहरुमा सक्रियरुपमा आवद्ध रहेका ब्यक्ति हुन् ।