प्रधानमन्त्रीको निर्देशनपछि सुनापति गाउँपालिकाले फिर्ता लियो सार्वजनिक बिदा

प्रधानमन्त्रीको निर्देशनपछि सुनापति गाउँपालिकाले फिर्ता लियो सार्वजनिक बिदा

काठमाडौं ।रामेछापको सुनापति गाउँपालिकाले दिएको सार्वजनिक बिदा फिर्ता भएको छ।

प्रधानमन्त्री प्रचण्ड बिहीबार गाउँपालिकाको कार्यालय भवन उद्घाटन गर्ने कार्यक्रममा सहभागी हुन लागेको भन्दै पालिकाले सूचना नै जारी गरी सार्वजनिक बिदा दिएको थियो। त्यसबारे जानकारी पाएपछि प्रधानमन्त्री प्रचण्डले बिदा नदिन र बालबालिकालाई प्रयोग नगर्न भन्दै निर्देशन दिएको प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए।

गाउँपालिकाले सबै सरकारी कार्यालय, सामुदायिक विद्यालयहरू बन्द गर्ने निर्णय गरेको थियो।