काठमाडौं।अर्थ मन्त्रालयले ६ जना सहसचिवहरुको सरुवा गरेको छ ।मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्रालयका सहसचिवहरुको जिम्मेवारी हेरफेर गरिएको हो ।
मन्त्रालयका अनुसार, सहसचिव राजेश्वर ज्ञवाली महालेखा नियन्त्रक कार्यालयमा सरुवा भएका छन् ।मन्त्रालयको प्रशासन महाशाखाको जिम्मेवारी महेश आचार्यले प्राप्त गरेका छन् । सहसचिव पार्वती शर्मालाई आन्तरिक राजस्व विभागको उपमहानिर्देशकको जिम्मेवारी दिइएको छ ।
शम्भुप्रसाद मरासिनीलाई भन्सार जाँचपास परीक्षण कार्यालय, त्रिपुरेश्वरको नेतृत्व गर्न पठाएको छ । अर्थ मन्त्रालयले महेश बराललाई कर प्रणाली सुधार सम्बन्धी उच्चस्तरीय सुझाव समितिमा खटाएको हो ।
सहसचिव अमृत लम्साल मध्यमस्तरीय करदाता कार्यालय बबरमहलको प्रमुखका रुपमा सरुवा भएका छन् ।