काठमाडाै।मोरङ उर्लाबारीको आगलागी घटनामा परेर गम्भीर घाइते थप एक जनाको उपचारको क्रममा मृत्यु भएको छ।
उर्लाबारी ७ का ४३ वर्षीय रामनरेश मरिताको उपचारका क्रममा सोमबार राति मृत्यु भएसँगै मृतकको संख्या ५ पुगेको हो।कात्तिक २६ गते लक्ष्मपूजाको राति भएको आगलागीमा परी चार प्रहरीसहित २८ जना घाइते भएका थिए। काठमाडौं कीर्तिपुरको बर्न अस्पतालमा उपचार गराइरहेकाहरूमध्ये हालसम्म ५ जनाको मृत्यु भइसकेको छ।
लक्ष्मीपूजाको दिन राति साढे १० बजेतिर उर्लाबारी–७ बरगाछीस्थित दीपक कार्कीको घरमा रहेको सुनचाँदी पसलमा आगलागी भएको थियो।