चन्द्र गहणको सुरुवात रातकाे १ बजेर २० मिनेटमा सुरु हुने

चन्द्र गहणको सुरुवात रातकाे १ बजेर २० मिनेटमा सुरु हुने

काठमाडौं, ११ कार्तिक । आजको लाग्ने चन्द्रगहण नेपालभरीवाट देखिनेछ ।चन्द्रमाको कुल ६ प्रतिशत भु भाग ओगटने चन्द्रग्रहण मध्यरातमा सुरु हुनेछ ।

नेपाल एस्टोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईका अनुसार आज कोजाग्रत पूर्णिमाको रातमा सो चन्द्रग्रहण सुरु हुनेछ ।उनका अनुसार उक्त खण्डग्रास चन्द्रग्रहण नेपालका जुनसुकैबाट देख्न सकिने छ  भने राती २ बजेमात्रै त्यसको अनुभव गर्न सकिनेछ ।

यस खण्डग्रास ग्रहणको सुरुवात आज अर्थात शनिबार राति १ बजेर २० मिनेटबाट हुनेछ भने राति २ बजेर ३८ मिनेटमा सकिनेछ । जसको अधिकतम ग्रहण १ बजेर ५९ मिनेटमा देखिनेछ ।