श्री राधा माधव समिति नेपालद्वारा श्रीकृष्ण जन्मोत्सव भव्यतापूर्वक मनाईंदै

श्री राधा माधव समिति नेपालद्वारा श्रीकृष्ण जन्मोत्सव भव्यतापूर्वक मनाईंदै

काठमाडौं । धर्म संस्थापनार्थ द्वापरयुगमा यस धराधाममा अवतार लिनुभएका परमात्मा श्रीकृष्णको जन्मोत्सव श्री राधा माधव समिति (रामास )नेपाल द्वारा सप्ताहव्यापी रुपमा विशेषः कार्यक्रमहरु आयोजना गरि दिव्योल्लाससहित मनाईदै छ ।

यसै क्रममा रक्षा वन्धनका दिन श्री राधा माधव समिति नेपालद्वारा श्यामाश्याम धाम ठिमीमा एक दिवशीय विशेषः साधना शिविर आयोजना गरियो । उक्त साधना शिविरमा सयौं साधकहरुले भाग लिएका थिए । यसैगरि श्री रामास नेपाल सम्वध्द डिभाईन युथ क्लव नेपालद्वारा काठमाडौ खिचापोखरीदेखि भक्तपुरको सल्लाघारीसम्म वृहत साईकल ¥याली आयोजना गरियो । नजिकिंदै गरेको भगवान श्रीकृष्णको जन्मोत्सवका साथै पर्यावरण संरक्षणसम्बन्धी चेतनामूलक सन्देश सहित निकालिएको उक्त ¥यालीमा विशेषः आकर्षणको रुपमा रहेका ललितपुरको ज्वालाखेलबाट सहभागी सहित १०० जना साईकलचालक युवा युवतीले भाग लिएका थिए ।

यसै गरि आगामी १६ गते शनिवारका दिन वृहत नगर संकीर्तनको आयोजना गरिंदैछ ।