

-मुकुन्द अर्याल
काठमाडौं ।ज्येष्ठ नागरिक आदर्श समाज कोटेश्वरको साधारण सभा गए शनिवार कोटेश्वर महादेवस्थान परिसरमा सम्पन्न भयो ।
समाजका अध्यक्ष जयप्रसाद भट्टराईको सभापतित्वमा सम्पन्न उक्त साधारण सभाले अध्यक्ष भट्टराईले पेश गरेको वार्षिक प्रतिवेदन र सचिव रामचन्द्र भट्टराईले पेश गरेको आर्थिक प्रतिवेदन पारित गर्नुका साथै पुरुषोत्तम भट्टराईको अध्यक्षतामा ११ सदस्यीय नयां कार्यसमिति गठन गरेको छ । उक्त कार्यक्रममा पूर्व सहायक मन्त्री दीनवन्धु अर्याल ,पूर्व प्रमुख जिल्ला अधिकारी भरत प्रसाद लुइटेल ,समाजसेवीहरु कृष्णमुरारी कोइराला ,राममणि अधिकारी लगायतका वक्ताले ज्येष्ठ नागरिकका विविध चासो र सरोकारबारे मन्तव्य दिनुभएको थियो ।
उक्त समारोहलाई सफल बनाउन बंैकर रमेश रावलले आर्थिक सहयोग प्रदान गर्नुभएको थियो भने बैंकर ध्रुव शिवाकोटीले अतिथिहरुलाई रुद्राक्ष माला पहिराईदिनुभएको थियो ।