काठमाडौं । पूर्विय दर्शन, धर्म संस्कृति ,अर्थ राजनीति ,कुटनीति ,सामाजिक वेथिति जस्ता पृथक विषयवस्तुमा केन्द्रित मुकुन्द अर्यालको उपन्यास जीबाको चौतारी नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा संस्कृतिविद जगमान गुरुङले एक समारोहका बीच लोकार्पण गर्नुभयो ।
सो अवसरमा प्रमुख अतिथि डा. गुरुङले जीबालाई केन्द्र विन्दुमा राखी सिर्जित उपन्यास पठनीय रहेको वताउनुभयो भने पूर्व सहायक मन्त्री दीनवन्धु अर्यालले उपन्यासले नेपालको विगतलाई वर्तमान र भविष्यसंग जोडेर दिशा निर्देश गरेको वताउनुभयो ।
सो अवसरमा साहित्यकार मित्रलाल पंज्ञानीले कृति समीक्षा गर्नुभएको थियो । भूगोल साहित्य समाजको आयोजनामा समाजका अध्यक्ष विनोद नेपालको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा उपाध्यक्ष दिनेश विक्रम थापा , ज्याग्दीखोला साहित्य प्रतिष्ठानका अध्यक्ष देवेन्द्र लम्साल ,साईसेवक जनार्दन आचार्य लेखक मुकुन्द अर्याल लगायतका वक्ताले संक्षिप्त मन्तव्य दिनुभएको थियो । पत्रकार राजेश खनालको सहजिकरणमा सम्पन्न उक्त कार्यक्रममा गुरुकुल आश्रमका विद्यार्थीले स्वस्ती वाचन गरेका थिए भने समाजका हरिश्चन्द्र गौतम ,स्कन्द अर्याल, कन्याद्वय सुहानी र आरोहीले अतिथि सत्कार गरेका थिए । पश्चिम नेपालको आन्चलिकता झल्किए पनि समग्र नेपाल र यसको सेरोफेरो समेटिएको उक्त कृतिको सम्पादन साहित्यकार राजेन्द्र पराजुलीले गर्नुभएको हो ।