मुक्तकसङ्ग्रह ‘परावर्तन ’ सार्वजनिक

मुक्तकसङ्ग्रह ‘परावर्तन ’ सार्वजनिक

काठमाडौं।युवा मुक्तककार रेहित सैँजुको मुक्तकसङ्ग्रह ‘परावर्तन’ सार्वजनिक भएको छ । मुक्तककार सैँजुको जन्मदिनको अवसरमा जिल्ला समन्वय समिति काठमाडौको सभाकक्षमा पुस १७ गते आयोजित एक कार्यक्रम बिच उक्त मुक्तकसङ्ग्रह सार्वजनिक भएको हो । सो कृति कार्यक्रममा उपस्थित सबैका हातबाट सामुहिक रूपमा विमोचन गरिएको थियो ।

‘कल्पतरु’ आयोजक रहेको कार्यक्रमको सभापतित्व ‘कल्पतरु’ साहित्यिक द्वैमासिकका प्रधान सम्पादक नवराज पुडासैनी ‘ज्योत्सना’ले गर्नुभएको थियो । सो कार्यक्रमका प्रमुख अतिथि ‘मुक्तक सागर’ त्रैमासिकका सम्पदक निशा केसी हुनुहुन्थ्यो भने भूगोल साहित्य समाजका अध्यक्ष विनोद नेपाल कार्यक्रमका अतिथि हुनुहुन्थ्यो । कृतिका समीक्षक डा. कृष्ण भण्डारी ‘मुमुक्ष’ु हुनुहुन्थ्यो ।मुक्तककार सैँजुका २४० मुक्तक समावेश ८० पृष्ठको उक्त कृतिको समीक्षा गर्दै समीक्षक ‘मुमुक्षु’ले मुक्तक के हो र कस्तो हुनुपर्छ भन्ने देखि सैंजुका मुक्तकका सबल तथा दुर्बल पक्षहरू र तिनमा बाञ्छित सुधार बारे आफ्नो धारणा राख्नुभएको थियो ।

कार्यक्रमका सभापति, प्रमुख अतिथि तथा अतिथिले मृक्तककार सैँजुले कम उमेरमै गहकिलो कृति प्रकाशित गरेर आफूमा रहेको प्रतिभा प्रदर्शन गरेकोमा हार्दिक बधाई दिँदै लेखनमा अझ परिस्कार ल्याउन र अझ गहकिला कृति जन्मउन शुभकामना दिनुभएको थियो ।सोही कार्यक्रममा चिरञ्ज्रीवी दाहाल र रिद्धि नारायण श्रेष्ठले सैंजुलाई कृतिका लागि बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो भने कृतिकारकी पत्नी अबिका थापा मगरले सैंजुलाई लेखन कार्यमा आफ्नो र परिवारको तर्फबाट सम्पूर्ण सहयोग हुने बताउनुभएको थियो ।

भुवन सिवाकोटीले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा राजबाबु श्रेष्ठ सागर र विष्णुप्रसाद आचार्यबाट वाचन कृति भित्रका केही मुक्तक वाचन गरिएको थियो भने कार्यक्रमका वक्ताहरूले कृतिकार सैंजुलाई जन्मदिनको शुभकामना पनि दिनुभएको थियो ।