प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य सुधार

प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य सुधार

काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक सामान्य अंकले बढेको छ । मंगलबार नेप्से ०.२८ अंकले बढेर सूचक १९५९.२२ विन्दुमा आएको छ ।

बिहान ११ बजेसम्म सात कम्पनीको ९४ हजार रुपैयाँको सेयर कारोबार भएको छ । कुल ७० कित्ता सेयर खरिदबिक्री भएको छ । यो सेसनमा कुल चार कम्पनीको भाउ बढेको छ भने एउटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।