काठमाडाैं, १६ कात्तिक।प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासँग नेपालका लागि जापानी राजदूत युताका किकुताले भेटवार्ता गरेका छन् ।
निर्वाचन आयोगमा बुधबार भएकाे उक्त शिष्टाचार भेटमा नेपाल र जापानको निर्वाचन प्रणाली, दुई देशको निर्वाचनसम्बन्धी अनुभव आदानप्रदान र सहकार्य सम्बन्धमा छलफल भएकाे छ ।
प्रमुख निर्वाचन आयुक्तले मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको अवलोकन गर्नसमेत राजदूतलाई आग्रह गरेका छन् ।