भूगोलद्वारा विशेष कार्यक्रम आयोजना

भूगोलद्वारा विशेष कार्यक्रम आयोजना

काठमाडौं, १६ भदौ।‘भूगोल साहित्य समाज’ले युवाकवि मोतीराम भट्ट र आदिकवि भानुभक्त आचार्यलाई स्मरण एवम् श्रद्धान्जलि अर्पण गर्दै भदौ १६ गते एक विशेष साहित्यिक कार्यक्रमको आयोजना गरेको छ ।

लीलाध्वज थापा साहित्य प्रतिष्ठानका अध्यक्ष साहित्यकार विजयध्वज थापा प्रमुख अतिथि रहनुभएको कार्यक्रमका अतिथिहरूमा संस्थाका मानार्थ सदस्यद्वय टेकराज जोशी र उद्धव खनाल एवम् नारी स्रष्टा समाज नेपाल,बिराटनगरका अध्यक्ष ममता मृदुल रहनुभएको थियो ।कार्यक्रममा कविहरूविजयध्वज थापा, ओम आचार्य, बासुदेव ठकुरी, उत्तम विचार, मिसन अधिकारी, मुकुन्द पौडेल, भुवन सिवाकोटी, गीता निरौला भण्डारी, धरणीधर गुरागाईँ, दिनेश विक्रम थापा, एलपी पराजुली, कालीचरण वस्नेत, पद्मा सापकोटा,गोविन्द सिग्देल,वेद लावती,शैलेन्द्रकुमार शाह लगायतका स्रष्टाले आआफ्ना रचना कविता,मुक्तक आदि र ममता मृदुलले लघुकथा वाचन गर्नुभएको थियो भने महेश रिजाल र राधेश्याम डङ्गोलले गीत गाउनुभएको थियो ।

आगन्तुक अतिथिहरूको स्वागत उपाध्यक्ष दिनेश विक्रम थापाले गर्नुभएको कार्यक्रमको सञ्चालन सचिव शैलेन्द्रकुमार शाहले गर्नुभएको थियो भने कार्यक्रमको सभापतित्व समाजका अध्यक्ष विनोद नेपालले गर्नुभएको थियो । कार्यक्रम समाजकै सभाहल,दरबारमार्ग,काठमाडौँमा सम्पन्न भएको थियो ।आयोजक संस्था भूगोल साहित्य समाज राष्ट्रिय वाणिज्य बैंकबाट निवृत्त कर्मचारीहरूद्वारा गठित साहित्यिक संस्था हो जुन विगत तीन वर्षदेखि क्रियाशील छ । यसको कार्यालय दरबारमार्ग,काठमाडौमा रहेको छ । यो यस समाजले आयोजना गरेको १८औँ कार्यक्रम हो ।