नेपाल र जापानका सरकारी अधिकारी सम्मिलित समितिको बैठक आज बस्दै

नेपाल र जापानका सरकारी अधिकारी सम्मिलित समितिको बैठक आज बस्दै

काठमाडौं, १९ साउन।नेपाल र जापानका सरकारी अधिकारी सम्मिलित समितिको बैठक आज बस्दैछ ।

नेपाली श्रमिक जापान पठाउने सम्बन्धी समझदारी कार्यान्वयनका लागि दुई देशको संयुक्त कार्यसमितिको दोस्रो बैठक बिहान १० बजेटबाट सुरु हुनेछ । सरकारी संयन्त्रबाटै नेपाली कामदार लैजान नेपाल र जापानबीच सन् २०१९ मा सहमती भए अनुसार साढे ५ हजार जना प्रशिक्षार्र्थी र विशेषज्ञ नेपालीहरू भाषा परीक्षा पास गरेर बसेका छन् । सोही समझदारी समीक्षा र कार्यान्वयन गर्न जापानको श्रम मन्त्रालयका सहसचिवस्तरको कर्मचारी नेतृत्वको टोली काठमाडौँ आएका छन् ।

जापानमा तीन लाख ४० हजार कामदारको माग रहेकाले सोही अनुसार विश्वका एक दर्जनभन्दा बढी देशहरूबाट कामदार लैजान लागिएको छ । जापानसँग सहकार्य गर्ने समझदारी अनुसार नेपालले हालसम्म ८ सय ३५ जना नेपाली कामदारलाई मात्रै जापान पठाउन सकेको छ ।