आज गण्डकी र सुदुरपश्चिममा ठुलो पानी पर्ने अनुमान

आज गण्डकी र सुदुरपश्चिममा ठुलो पानी पर्ने अनुमान

काठमाडौं, १९ साउन।आज गण्डकी र सुदुरपश्चिम प्रदेशमा ठुलो पानी पर्ने अनुमान गरिएको छ ।

देशका अन्य स्थानमा भने दिनभर सामान्यदेखी मध्यम वर्षा हुने मौषमविद् गङ्गा नगरकोटीले जानकारी दिनुभयो । गण्डकी र सुदुरपश्चिमका धेरैजसो भू–भागमा आज दिउँसो र राती ठुलो पानी पर्ने सम्भावना रहेकाले सचेत रहन उहाँले आग्रह गर्नुभयो । अन्य स्थानमा भने हिजो अस्तिको तुलनामा कम वर्षा हुने अनुमान गरिएको छ ।