

काठमाडौं ।श्री राधा माधव समिति नेपालद्वारा व्यास जयन्ती तथा गुरु पूर्णिमा महोत्सव २०७९ विविध कार्यक्रमको आयोजना गरि मनाईयो ।
यसै सिलसिलामा राधा माधव समिति नेपाल र यस सम्वध्द विद्वत समाज नेपाल र डिभाईन यूथ क्लव नेपाल पोखरा केन्द्रको संयुक्त आयोजनामा पोखरामा गण्डकी प्रदेशका मुख्यमन्त्रि कृष्णचन्द्र नेपालीको प्रमुख आतिथ्यमा ज्येष्ठ नागरिक सम्मान कार्यक्रम आयोजना गरियो । श्री राधा माधव समिति नेपालको भक्तपुरको साधना तथा सभा कक्षमा नाम संकीर्तन ,जगद्गुरु श्री कृपालुजी महाराजद्वारा दिईएको विशेषः प्रवचन , भोग , आरती , महाप्रसाद वितरण लगायतका कार्यक्रम आयोजना गरि मनाईयो ।
सो अवसरमा मध्यपूर नगरपालिकाका मेयर सुन्दर श्रेष्ठले जगद्गुरु श्री कृपालुजी महाराजको कृपादृष्टि र पाउ परेको यस पावन भूमि श्यामा धाम धाम थिमी राधे राधेलाई आध्यात्मिक पर्यटन केन्द्रको रुपमा विकास गर्न नगरपालिकाले हर सम्भव सहयोग गर्ने प्रतिवध्दता प्रकट गर्नुभयो । श्री राधा माधव समिति नेपालका उपाध्यक्ष सुरेश प्रकाश आचार्यले स्वागत मन्तव्यका क्रममा आदिगुरु श्री शंकराचार्यले पूजा आरम्भ गरेको पशुपतिनाथ विश्वभरकै हिन्दूहरुको पर्यटन केन्द्र बन्नुका साथै विश्व सम्पदा सूचिमा पर्न सफल भएको प्रसंग दोहराउंदै कृपालु महाप्रभुका प्रेरणा र स्वामी हरिदासजीका पहलमा संस्थापित यस धामलाई महत्वपूर्ण आध्यात्मिक गन्तव्यका रुपमा विकास गर्न सकिने पर्यापत संभावना रहेको यस निम्ति सम्वध्द सबैबाट सहयोगको अपेक्षा प्रकट गर्नुभयो । समितिका महासचिव वसन्त जोशीको सहजिकरणमा सम्पन्न उक्त कार्यक्रममा स्थानीय मध्यपुर नगरपालिकाका उपमेयर विजयकृष्ण श्रेष्ठ समाजसेवी तथा राजनीतिकर्मी हरिदास प्रजापति सहित र हजारौको संख्यामा राधे राधे साधकहरुको समुपस्थिति थियो । यसैगरि डिभाईन युथ क्लव नेपाल हेटौडाद्वारा मकवानपुरको वकिया गाउंपालिका ११ सिमात स्थित कालीदेवी आधारभूत विद्यालयमा अध्ययनरत विपन्न विद्यार्थीलाई शैक्षिक सामाग्रि वितरण गरियो ।
यसैबीच गूुरु पूर्णिमाकै अवसर पारेर डिवाईसि नेपाल भक्तपुरद्वारा काठमाडौको टोखा नगरपालिका चण्डेश्वरी स्थित पवित्र सेवा समाज नेपालमा आश्रय लिईरहेका ६५ जना वृध्दवृध्दा ,अनाथ तथा फरक रुपले सक्षम वालवालिकालाई रु५००००। पचास हजार बरावरको खाजा ,खाद्यान्न तथा पहिरने चप्पल लगायतका आवश्यकीय सामानहरु हस्तान्तर गरिनुका साथै पुरानो थिमी भक्तपुर स्थित सिध्दिकाली मन्दिरको सरसफाई गरियो ।