कोरोना संक्रमण दर बढ्दै गएपछि बालुवाटारमा विज्ञसँग प्रधानमन्त्रीको छलफल

कोरोना संक्रमण दर बढ्दै गएपछि बालुवाटारमा विज्ञसँग प्रधानमन्त्रीको छलफल

काठमाडौँ, २० श्रावण।कोरोना संक्रमण दर बढ्दै गएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले जनस्वास्थ्य विज्ञहरुसँग परामर्श गरेका छन् ।छलफल बालुवाटारमा जारी छ ।

छलफलमा कांग्रेस सभापति शेरबहादुर देउवा र जसपा नेता अध्यक्ष महन्थ ठाकुर पनि सहभागी छन् ।सरकारले चार महिना लामो लकडाउन अन्त्य गरेदेखि कोरोना भाइरसको संक्रमण र मृत्यु दर ह्वात्तै बढेको छ । संक्रमण समुदायस्तरमा फैलिएको अनुमान गरिए पनि सरकारले औपचारिक घोषणा गरेको छैन ।

राजधानी काठमाडौंमा पनि कोरोना संक्रमण फैलिँदै गएपछि सरकारको आगामी कदमबारे प्रधानमन्त्रीले विज्ञहरु र शीर्ष नेताहरुसँग राय लिन खोजेका हुन् ।