‘ए’ डिभिजन लिग फुटबलः आज दुई खेल हुँदै

‘ए’ डिभिजन लिग फुटबलः आज दुई खेल हुँदै

काठमाडौं, २३ पुस । सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आज दुई खेल हँुदैछ । पहिलो खेलमा लिग दाबेदार थ्री स्टार र ब्रिगेड ब्वाईज तथा दोस्रो खेलमा च्यासल युथ क्लब र विभागीय टिम पुलिसबीच प्रतिस्पर्धा हुनेछ ।

दुवै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । पहिलो खेल मध्यान्ह १२ बजे सुरु हुनेछ भने दोस्रो खेल दिउँसो ३ बजे हुनेछ ।