केन्यामाथि नेपालको रोमाञ्चक जित

केन्यामाथि नेपालको रोमाञ्चक जित

नामिबियामा जारी आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ अन्तर्गत केन्याविरूद्ध नेपालले ५ विकेटको रोमाञ्चक जित दर्ता गरेको छ। आरिफ शेख र रोहितकुमार पौडेलको उत्कृष्ट साझेदारी गर्दै नेपाललाई तेस्रो जित दिलाएका हुन्। आरिफ ४२ रन बनाएर आउट भए। यस्तै रोहित पौडेल ४७ रन बनाएर आएट भए। अन्तिम बल बाँकीँ छँदै सोमपाल कामीले २ रन बनाएपछि खेल नेपालले ३ विकेटले जितेको हो।

१७८ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले खराब सुरूवात गर्दै धमाधम आफ्ना महत्वपूर्ण विकेट गुमाएको हो। नेपालका लागि सरद भेषवाकर पनि १९ रनको व्यक्तिगत स्कोरमा आउट भए। ५७ बल खेलेका उनले १ चौका प्रहार गरे। यसअघि कप्तान पारस खड्काले नेपालका लागि केही आशा गर्ने ठाउँ बनाएका थिए। तर १८औं ओभरको पहिलो बलमा खड्का आउट भएका हुन्।

४४ बल खेले खड्काले ४२ रन मात्र बनाउन सके। २ छक्का र ३ चौका प्रहार गरेका उनी ५० रन पुरा गर्न ८ रनले चुकेका थिए। राष्ट्रिय टिममा डेब्यु गरेका अनिल शाह खाता खोल्न नपाउँदै आउट भएपछि नेपालले ८ रनमा पहिलो विकेट गुमाएको थियो। त्यसपछि १४ रन बनाउँदा नेपालले थप दुई  विकेट खेर फाल्यो। ज्ञानेन्द्र मल्ल ९ रनमा आउट हुँदा दिपेन्द्रसिंह ऐरी एक रनमा पेभेलियन फर्किएका थिए।