प्रधानमन्त्री ओलीले गरे नयाँ संसद भवन शिलान्यास

प्रधानमन्त्री ओलीले गरे नयाँ संसद भवन शिलान्यास

काठमाडौं, १ असाेज । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार सिंहदरवारको पुतलीबगैँचामा निर्माण हुने संघीय संसद् भवनको शिलान्यास गरेका छन् ।

उक्त भवन निर्माणको लागत झण्डै ९ अर्ब ६० करोड रुपैयाँ अनुमान गरिएको छ । निर्माण थालेको साढे तीन वर्षमा भवन तयार हुने मन्त्रालयले जनाएको छ ।सङ्घीय संसद् भवन परिसरभित्र ११ वटा विभिन्न प्रकारका भवन तथा पूर्वाधार रहनेगरी डिजाइन गरिएको छ ।

वैशाख महिनाभित्रै टेण्डर प्रक्रिया सकेर जेठदेखि निर्माण शुरु गर्ने र २ वर्षभित्र निर्माण सम्पन्न गरिने मन्त्रालयले जनाएको छ । मन्त्रालयले तयार पारेको डिजाइन अनुसार तोकिएकै समयमा संसद भवन निर्माण भए अहिलेकै संसदका साथै आगामी निर्वाचन भएर बन्ने अर्को प्रतिनिधि तथा राष्ट्रिय सभाका लागि भाडामा खर्च गर्नुपर्ने अर्बौ रकम जोगिनेछ ।