रेडियो नेपालमा धर्ना बसेका पत्रकार पक्राउ

रेडियो नेपालमा धर्ना बसेका पत्रकार पक्राउ

काठमाडौं , ३० भदौ । रेडियो नेपालको कार्यालय परिसरबाट प्रहरीले ९ जना पत्रकारलाई पक्राउ गरेको छ ।

रेडियो नेपाल प्रदेश प्रसारण केन्द्र दिपायलबाट निष्कासन गरिएका पत्रकार पुनर्बहालीसँगै श्रमजीवी पत्रकार ऐन तथा न्यूनतम पारिश्रमिक कार्यान्वयनको माग गर्दै आन्दोलनरत पत्रकारहरुलाई प्रहरीले पक्राउ गरेको हो ।  पक्राउ पर्नेमा नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटी, पत्रकार महासंघका सचिव राम प्रसाद दाहाल, पत्रकार महासंघका केन्द्रीय सदस्यहरु जन्मदीप जैशी, मिन वम, यम विरही छन् ।

त्यस्तै नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य दिलिप पौडेल, पत्रकार महासंघ डोटीका अध्यक्ष योगेन्द्र वलायर,  नेपाल प्रेस युनियन डोटीका अध्यक्ष प्रकाश वम र नेपाल प्रेस युनियन डोटीका उपाध्यक्ष मिन जोशी  पक्राउ परेका छन् ।

रेडियो नेपालले केही दिनअघि महासंघ डोटीका उपाध्यक्ष सुनिता रावल, सहसचिव प्रकाश बम र सदस्य चक्र कुँवरलाई निस्कासन गरेको थियो । काउ गरिएका पत्रकारहरुलाई महेन्द्र पुलिस क्लवमा राखिएको छ ।