कांग्रेसको कार्यक्रममा नेकपाको आक्रमण, बाँके सभापतिको हात भाँचियो

कांग्रेसको कार्यक्रममा नेकपाको आक्रमण, बाँके सभापतिको हात भाँचियो

बाँके, २६ भदौ बाँकेको सीतापुरमा नेपाली कांग्रेसको कार्यक्रममा सत्तारुढ दलका कार्यकर्ताले आक्रमण गर्दा बाँके कांग्रेसका सभापति किरण कोइरालाको हात भाँच्चिएको छ भने केही कार्यकर्ता सामान्य घाइते भएका छन्।

राष्ट्रिय जागरण अभियान अन्तरगत खजुरा गाउँपालिका–२ सितापुरमा अन्तक्र्रियापछि केही युवा नेकपा छाडेर कांग्रेसमा प्रवेश गरेका थिए। साथै गाउँपालिकामा भएको भ्रष्टाचारका विषय पनि उठेपछि आक्रमण भएको हो। उनीहरुले एकाएक आएर हातपात गर्ने र कुर्सी भाँचेका थिए।
वडाध्यक्ष सुुमन मल्लको निर्देशनमा भएको हुनसक्ने कांग्रेसजनहरुको भनाई छ।

उनीहरुले ‘यो हाम्रो क्षेत्र हो, यहाँ कांग्रेसले कार्यक्रम गर्न पाउँदैन’ भन्दै आक्रमण गर्दा सभापति कोइरालाको हात भाँच्चिएको हो।

सो घटनापछि कांग्रेसले जारी गरेको विज्ञप्तिमा यति ठूलो घटना हुँदा पनि सुरक्षा निकाय परिचालित नहुनु र गृह प्रशासन समेत संवेदनशील नहुनुलाई सुनियोजित एवं अत्यन्त गम्भीर घटना भनिएको छ। कांग्रेसले सो घटनाको निन्दा गर्दै यस्ता घटना नदोहो¥याउन नेकपालाई चेतावनी दिदैं आक्रमणकारीलाई कारबाही गर्न सरकारसँग माग गरेको छ।