प्रेस युनियन युकेद्वारा एनआरएनका उम्मेदवारहरुसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न

प्रेस युनियन युकेद्वारा एनआरएनका उम्मेदवारहरुसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न

-सम्बाददाता

लण्डन । गैरआवासीय नेपाली संघ(एनआरएनए) युकेको आउँदो १४ सेप्टेम्बरमा हुन गई रहेको चुनाबको सरगर्मी संगै विभिन्न क्षेत्रमा संलग्न विविध संभावना बोकेका उम्मेदवारहरु अहिले चुनावी मैदानमा छन। तिनै उम्मेद्वारहरु संग नेपाल प्रेस युनियन बेलायत शाखाले आइतबार एक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

नेपाल प्रेस युनियन बेलायत शाखाका अध्यक्ष्य बिपिन निरौलाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा एनआरएन युकेकी बर्तमान महिला संयोजक तथा आगामी २०१९ -२०२१ को लागि अन्तरास्ट्रिय परिषद (आइसीसी ) सदस्य उम्मेदवार लिलादेबी गुरुङ , अन्य आइसीसीका उम्मेदवारहरु अर्जुन कटुवाल , सुरज मास्के र राजन खकुरेलले आफ्नो परिचयका साथै आफ्नो उम्मेद्वारी किन र के का लागि भन्ने बिषयमा बोलेका थिए ।

त्यसैगरी एनआरएनको एक महत्वपुर्ण पद महासचिबका उम्मेदवार फडिन्द्र भट्टराइ , सचिव पदका उम्मेदवार जीत रानाभाट र कोषाध्यक्ष्य पदका उम्मेदवार तिलक भट्टराइले आफ्नो उम्मेदवारीको औचित्य , आफ्ना कार्ययोजना र आफ्नो जित्ने आधारका बिषयमा बोल्दै सबैलाई अत्यधिक भोट दिएर जिताउन आह्वान गरे ।

नबगठित एनआरएन इंगलैंड राज्य परिषदको लागि अध्यक्ष्य पदका उम्मेदवार दिपक श्रेष्ठ, इंगलैंड राज्य परिषदकै कोषाध्यक्ष्य पदका उम्मेदवार पुण्य रेग्मी र सदस्य पदका उम्मेदवार लाल बहादुर गुरुङ ले पनि आफ्नो उम्मेद्वारी किन र केका लागि भन्ने बिषयमा प्रस्ट पारेका थिए ।नेपाल प्रेस युनियन बेलायत शाखाका उपाध्यक्ष्य तथा कार्यक्रम संयोजक खेमराज रानाभाटले संचालन गरेको उक्त कार्यक्रममा युनियनकै केन्द्रिय प्रतिनिधि एबम २४न्युजप्रेसका संचालक एबम एनआरएन युकेका उपमहासचिव बिनय अधिकारीले एन आर एन र प्रेस बिचको यस्तो सहकार्यर अन्तरक्रियाले उम्मेदवारका कुरालाई प्रेस मार्फत मतदातासम्म पुर्याउन सहयोग पुग्ने बताए । नेपाली जन सम्पर्क समिति बेलायतका केन्द्रिय महामन्त्री सुर्य तामांग , सहमहामन्त्री उपेन पौडेल , ग्रीनवीच भुतपुर्ब गोर्खा सैनिक हरुको संगठन जिगेसोका महासचिब हरि मल्ल लगायतले समेत उम्मेदवारहरुलाई प्रस्न र सुझाब राखेका थिए ।

कार्यक्रममा स्थानीय रोयल ग्रीनवीच नेपाली सोसाइटीका सस्थापक अध्यक्ष्य कुमार श्रेष्ठ , नेप्लिज युथ सोसाइटी युकेका सस्थापक अध्यक्ष्य ह्यारी गुरुङ , चितवन एड ट्रस्ट युकेका अध्यक्ष्य जिबन सेन , प्रेस युनियन एबम बुध्ध फ़ाउन्देशन का सुरेन रुपाखेती लगायतको उपस्थिति रहेको थियो ।कार्यक्रमको नेपाली वेव न्युज ,२४न्युजप्रेस लगायतले लाइव प्रशारण गरेका थिए । एस प्रकारको निस्पक्ष्य अन्तरक्रिया कर्यक्रमको उम्मेदवारहरुले सरहना गर्नुका साथै आफ्नो उम्मेद्वारी र विचार बेलायतका धेरै भन्दा धेरै मतदाता समक्ष्य पुर्याउन सहयोग पुर्याएकोमा प्रेस युनियन युकेलाई धन्यबाद ज्ञापन गरेका थिए ।

कार्यक्रमको समापन गर्दै पत्रकार एबम नेपाल प्रेस युनियन बेलायत शाखाका अध्यक्ष्य बिपिन निरौलाले युनियनले पत्रकार , प्रेस र एन आर एन बिचमा सेतुको काम गर्ने र आगामी दिन मा पनि यहि समाजको लागि काम गर्ने बताउदै आगामी चुनाबमा कसैको पनि जित या हारको रुपमा नलिन र समाजको सकारात्मक सामाजिक कार्य जस्तै बिजेता र उपविजेताको रुपमा लिन सबैलाई आह्वान गर्नु भयो ।