दसैंको टीकाको उत्तम साइत १० बजेर ३५ मिनेटमा

दसैंको टीकाको उत्तम साइत १० बजेर ३५ मिनेटमा

काठमाडौँ, २२ भदौ । नेपाल पञ्चाङ्क निर्णायक समितिले यसवर्षको दसैंको टीकाको उत्तम साइत २०७६ असोज २१ बिहान १०ः३५ रहेको जनाएको छ । यस बाहेक दशमीको अन्य समयमा पनि टीका लगाउन सकिने उक्त समितिले जनाएको छ ।

असोज १२ गते आइतबार नवरात्रको प्रारम्भ हुनेछ । घटस्थापनाको साइत १२ गते बिहान १० बजेर ३५ मिनेट निर्धारण गरिएको छ । १३ गते सोमबार सेनाको झण्डा फेर्ने साइत बिहान १० बजेर २५ तोकिएको छ । समितीले पश्चिम मोहडा गरेर झण्डा फेर्न आग्रह समेत गरेको छ । १६ गते बिहिबार पचली भैरवको यात्रा र १८ गते शनिवार फुलपातीको समय बिहान ८ बजेर ५२ मिनेट तय गरिएको छ ।

यसवर्ष असोज १९ गते आइतबार महाअष्टमी र कालरात्री सुरु हुनेछ । २० गते महानवमी र २१ गते विजया दशमी रहेको छ दशमीका दिन बिहान ८ः४५ बजे देवी विसर्निजनकाे साइत समेत र्धारण गरेको छ ।