

रबिन्द्र यादव
नवलपरासी पश्चिम । नवलपरासी पश्चिम जिल्लाको रेगंहिया नाकाबाट अबैध रुपमा नेपाल ल्याउदै गरेको ६ वटा भारतीय जंगली बँदेल सशस्त्र प्रहरी आउट पोष्ट गुठी परसौनीले पक्राउ गरेको छ ।
नवलपरासी पश्चिमको प्रतापपुर गाउँपालिका वडा नं ५ धर्मौली स्थित दशगजाबाट भारतीय नाका रेगंहिया बाट अवैध रुपमा दुईवटा ठेला गाडीमा लोड गरेर ल्याउदै गरेको बँदेल सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट ( बिओपी ) गुठी परसौनीका सशस्त्र प्रहरी निरीक्षक सुनम अधिकारी नेतृत्वमा रहेको गस्ती टोलीले उक्त जंगली बँदेल पक्राउ गरेको हो । पक्राउ परेका ६ वटा बँदेल मध्ये ३ वटा मरिसकेका छन् भने ३ वटा जंगली बँदेललाई जिविदै ईलाका बन कार्यालय बर्दघाटलाई बुझाइएको छ ।
जीवितै रहेका बँदेललाई बर्दघाट नगरपालिका वडा नं १ मा रहेको चिसापानी सामुदायिक बनमा छाडिने छ भने मृतक बदेललाई सशस्त्र प्रहरी सुरक्षा शाखा बडेरामा गाडिने छ । बँदेल तस्करहरु प्रहरीदेखि पछि भारत तर्फ नै भागेको सशस्त्र प्रहरी गुठी परसौनीले जनाएकाे छ । छ वटा मध्ये ४ वटा भाले रहेका छन् भने दुई वटा पोथी बँदेल रहेका छन् ।