‘संविधान अनूकुल ऐन बन्न सकेन’

‘संविधान अनूकुल ऐन बन्न सकेन’

काठमाडौँ, १४ भदौ । राष्ट्रियसभाका सदस्य दीनानाथ शर्माले सम्बन्धित मन्त्रीले संविधान अनूकुल ऐन बनाउन नसकेको बताउनुभएको छ । रिपोटर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कार कार्यक्रमममा उहाँले त्यसका कारण सरकारको विरोध बढ्दै गएको धारणा राख्नुभयो ।

नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले व्यक्ति खराब हुँदैमा सङ्घीयता र संविधान नै खराब हो भन्दै हिँड्नु दरिद्र चिन्तन भएको बताउनुभयो । उहाँले भ्रष्टाचार नियन्त्रण गर्न सरकार चुकेको दाबी गर्दै वाइड वडीमा काङ्ग्रेसका नेता दोषी छन् भने कारवाही गर्न सरकारलाई चुनौती दिनुभयो । राष्ट्रिय जनता पार्टीका नेता लक्ष्मणलाल कर्णले वर्तमान संविधान संशोधनमा सरकारले ध्यान नदिएको आरोप लगाउनुभयो । रासस