काठमाडाैं, ९ भदाै । शालिकराम पुडासैनी आत्महत्या प्रकरणपछि धरौटीमा रिहा भएका रवि लामिछाने अदालत परिसरबाट बाहिरिएपछि उनका समर्थकहरुले जयजयकार गरेका छन्।
जिल्ला अदालतबाट बाहिर निकाल्ने क्रममा ठूलो संख्यामा जम्मा भएका समर्थकहरुले जयजयकार गरेका हुन्। कतिपय समर्थकले ‘रवि दाइ, हाइहाइ’को नारा लगाएका छन्। रविले पनि फेसबुक पेजबाट सबै समर्थकलाई धन्यवाद दिएका छन् । साथै उनले भोलि चितवनमा रहेका सबै समर्थकलाई एकैसाथ सम्बोधन गर्ने बताएका छन् ।
अदालत अघि पर्खिरहेका सयौँ संख्याका समर्थकहरुलाई व्यवस्थापन गर्न सुरक्षाकर्मीहरुलाई हम्मेहम्मे परेको थियो।त्यसो त यता काठमाडौमा पनि उनका समर्थकहरुले साँझ अविर जात्रा गरेर खुशीयाली मनाएका छन् ।